पछिल्लो २ सातामा विपद्का ६ सय ७४ घटना, ३६ जनाको मृत्यु  « Khabarhub

पछिल्लो २ सातामा विपद्का ६ सय ७४ घटना, ३६ जनाको मृत्यु 


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु वर्ष २०८३ को वैशाख १ गतेदेखि १८ गतेसम्म देशभर ६७४ वटा विपद्का घटना भएका छन् । 

ती घटनामा ३६ जनाको मृत्यु भएको छ भने १६५ जना घाइते भएका छन् । ४३६ परिवार प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै वन डढेलोका १९९ र आगलागीका १७० घटना भएका छन् । 

आगलागीमा परी ९ जनाको मृत्यु, ५६ जना घाइते र १०३ परिवार प्रभावित भएका छन् । वन डढेलोमा १ जनाको मृत्यु, २ जना घाइते र २२ परिवार प्रभावित भएका छन् ।

बाढी पहिरोका ५९ घटनामा ५ जनाको मृत्यु भएको छ । ती घटनामा १४ जना घाइते भएका छन् भने १५८ परिवार प्रभावित भएका छन् । 

जंगली जनावरको आक्रमणका २५ घटनामा ३ जनाको मृत्यु र १९ जना घाइते भएका छन् । लेक लाग्ने ८ घटनामा ५ जनाको मृत्यु भएको छ । चट्ट्याङ खस्ने ८ घटनामा पनि ५ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा पहिरोका ११, भारी वर्षाका २०, हावाहुरीका १३, छाना उड्ने १ र गोठालोसम्बन्धी ४ घटना पनि अभिलेख भएका छन् । तथ्यांक अनुसार वैशाखको पहिलो १८ दिनमा आगलागी, डढेलो र बाढी पहिरोका घटना उच्च रहेको देखिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  १ : १९ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्