उपत्यकामा बस्ने किराँत समुदायले मनाए साकेला उभौली पर्व  « Khabarhub

उपत्यकामा बस्ने किराँत समुदायले मनाए साकेला उभौली पर्व 


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किराँत समुदायको चाड उभौली सुरु भएको छ । आज उभौलीको चाडको अवसरमा किराँत याक्खा, सुनुवार, लिम्बू र राई समुदायले ललितपुरको नखिपोटमा साकेला नाच नाचेका छन् ।

यो चाड कृषि कर्ममा आधारित भएर मनाउने एक विशेष चाड हो । वैशाख पूर्णिमामा पर्ने उभौलीमा प्रकृति भूमि र पुर्खाको पूजा गरी धुमधामसँग खेतीपाती सुरु गरेका किराँत समुदायले मंसिर पूर्णिमा त्यसैगरी उधौली मनाउने र नयाँ अन्न प्रयोग गर्ने चलन छ । 

वर्षमा दुईपटक मनाउने साकेलालाई गर्मी छल्न वैशाखमा लेकतिर जाने भएकाले ‘उभौली’ र मंसिरमा जाडो छल्न लेकबाट बेसी सर्ने भएकाले ‘उधौली’ भन्ने चलन छ ।

उभौलीको दिन ‘नोक्छो’अर्थात् धामीले पूजा गरी सेउलीको थान बनाएपछि त्यसमै गोलबद्ध भई ढोल र झ्याम्टाको तालमा नाच्ने चलन छ ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ४ : ५९ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग