सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार « Khabarhub

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका लागि सञ्चालन गरेको स्वास्थ्य शिविरमा करिब दुई सय जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।

मन्त्रालयले सुकुम्वासी व्यवस्थापन कार्यक्रमअन्तर्गत अस्थायी रूपमा स्थानान्तरण गरिएका सुकुम्वासीलाई त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला र कीर्तिपुरस्थित राधा सत्सङ्गमा दुई स्थानमा गरिएको स्वास्थ्य शिविरमा २२२ जनाले सेवा लिएका मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले जानकारी दिए । उनका अनुसार रङ्शालामा १४० र राधा सत्सङ्गमा ८२ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको हो ।

रङ्गशालाको शिविरमा उच्च रक्तचाप, मधुमेह, दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोग, ग्यास्ट्राइटिस, झाडापखाला, सङ्क्रमण, चोटपटकलगायत समस्या भएका बिरामी देखिएका मन्त्रालयका सूचना अधिकारी डा केसीले बताउनुभयो । सोही शिविरका केही सेवाग्राहीलाई मनोसामाजिक परामर्शसमेत दिइएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला तीन दिनको शिविर सञ्चालन गरिएको छ । त्यसैगरी कीर्तिपुरस्थित राधा सत्सङ्गमा आज ४२ जनाको साधारण जाँच, २० जनाको आँखा, २० जनाको दाँत, १३ जनाको रगतमा चिनीको मात्रा परीक्षण गर्नुका साथै १४ जना बालबालिकाकोस्वास्थ्य परीक्षण गरिएको छ ।

शिविरमा आएकामध्ये थप उपचारको आवश्यकता देखिएका १७ जनालाई वीर अस्पताल र छ जनालाई कान्ति बाल अस्पतालमा प्रेषण गरिएको उनले बताए । रङ्गशालामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, पाटन मानसिक अस्पताल र कान्ति अस्पतालका चिकित्सक तथा नर्सले उपचार गरेका थिए । कीर्तिपुरस्थित राधा सत्सङ्गमा वीर अस्पतालबाट चिकित्सक र नर्स खटिएका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  १० : ०१ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने