आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य « Khabarhub

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई २२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सवाई मानसिंह स्टेडियममा भएको खेलमा राजस्थानका कप्तान रियान पारागले टस जितेर पहिले ब्याटिङ रोजेका थिए ।

घरेलु टोली राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२५ रन बनायो। जवाफी ब्याटिङमा दिल्लीले ५ ओभरमा बिना विकेट क्षति ५९ रन बनाइसकेको छ। अहिले पाथुम निसांका र केएल राहुल क्रिजमा रहेका छन् ।

राजस्थानका लागि कप्तान रियान पारागले उत्कृष्ट प्रदर्शन गर्दै ९० रनको पारी खेले । उनले ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरे । पारागले ध्रुव जुरेलसँग शतकीय साझेदारी गरेका थिए। जुरेलले ४२ रन जोडे ।

खेलको अन्तिमतिर डोनोवान फरेराले विस्फोटक ब्याटिङ गर्दै १४ बलमा ६ छक्कासहित अविजित ४७ रन बनाए ।

दिल्लीका बलरमध्ये मिचेल स्टार्कले ३ विकेट लिए । साथै काइल जैमिसन, अक्षर पटेल र टी नटराजनले एक–एक विकेट लिए।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  १० : २२ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका