संसद्‌मा बहुमत हुँदाहुँदै किन अध्यादेश ? यस्तो छ कानुनमन्त्री गौतमको जवाफ « Khabarhub

संसद्‌मा बहुमत हुँदाहुँदै किन अध्यादेश ? यस्तो छ कानुनमन्त्री गौतमको जवाफ


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले हालै जारी गरेका अध्यादेशलाई लिएर सडकदेखि सदनसम्म आलोचना भइरहेका बेला कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले त्यसको प्रतिरक्षा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै सरकारले कार्यसम्पादनमा ढिलाइ नहोस् भनेर अध्यादेशको बाटो रोजेको स्पष्टीकरण दिएकी हुन् ।

संसद्‌मा सरकारको आरामदायी बहुमत हुँदाहुँदै किन अध्यादेश ल्याउनुपर्‍यो भन्ने प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले संसदीय प्रक्रिया निकै लामो हुने भएकाले कतिपय काम तत्काल अघि बढाउन अध्यादेश आवश्यक भएको दाबी गरिन् । “संसदीय प्रक्रियाबाट कानुन बनाउन लामो समय लाग्ने देखिएकाले सरकारले छिटो काम गर्न अध्यादेश ल्याएको हो,” उनले भनेकी छन् ।

मन्त्री गौतमले सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रमाणीकरण भएका यी अध्यादेशहरू अब संसद्‌मा पेस हुने र त्यहाँ सबैले छलफल गर्न पाउने बताइन् । अध्यादेशलाई सरकारले लुकाएर राख्न नमिल्ने र संसद्‌ले त्यसको स्वामित्व लिनुपर्ने उनको तर्क छ।

अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै विपक्षी दल र नागरिक समाजबाट भइरहेको आलोचनाका बीच कानुनमन्त्रीको यस्तो भनाइ सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ८ : ४५ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री