स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह « Khabarhub

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ । मन्त्रालयले सहायता आवश्यक भएका तथा हाल सडकमा अलमल परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उपस्थित भई दर्ता गर्न अनुरोध गरेको हो ।

“वास्तविक भूमिहीन नागरिकको ‘डिजिटल’लगत सङ्कलन गरी ‘होल्डिङ सेन्टर’मार्फत व्यवस्थित व्यवस्थापन गर्ने प्रबन्ध मिलाइएको छ । नागरिकलाई आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्शलगायत आधारभूत सुविधा उपलब्ध गराइनेछ”, सहरी विकास मन्त्रालयद्वारा जारी प्रेस नोटमा भनिएको छ ।

वास्तविक भूमिहीन तथा आर्थिक रूपमा कमजोर नागरिकलाई दर्ता केन्द्रमा उपस्थित भई सरकारद्वारा प्रदान गरिएका सेवा सुविधा उपयोग गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ । नागरिकको सुरक्षित, व्यवस्थित तथा दीर्घकालीन पुनःस्थापनामा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि मन्त्रालयल स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  २ : ३४ बजे

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक