बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन « Khabarhub

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कलैया– जिल्लामा यस वर्ष किसानले खेती गरेको गहुँ बाली मौसम अनुकूल नभएकाले उत्पादनमा २० प्रतिशतले कमी आएको हो । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार मौसम अनुकूल नहुँदा गहुँ उत्पादनमा १७ हजार ९८० मेट्रिकटनले कमी आएको हो ।

केन्द्रका प्रमुख राजनारायण साहले आर्थिक वर्ष २०८२/८३ मा किसानले २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातका गहुँखेती गर्दा प्रतिहेक्टर तीन दशमलव एक मेट्रिकटन उत्पादन हुनुपर्नेमा दुई दशमलव ४८ मेट्रिकटन भएको जानकारी दिए । उनका अनुसार चालु आवमा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन भएको छ । 

उत्पादित गहुँ स्तरीय भएकाले कलैयासहित आसपासका बजारमा प्रतिक्विन्टल रु चार हजारका दरले बिक्री भएको केन्द्रका कृषि अर्थविज्ञ गणेश महराले जानकारी दिए ।

उनका अनुसार गत आवमा रु चार अर्ब दुई करोड ५६ लाख ६० हजार बराबरको ९६ हजार ६२० मेट्रिकटन गहुँ उत्पादन भएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ४ : १६ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद