एसी विस्फोटपछि आगलागी हुँदा नौ जनाको मृत्यु « Khabarhub

एसी विस्फोटपछि आगलागी हुँदा नौ जनाको मृत्यु


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- आइतबार बिहान दिल्लीको एक बहुतले घरमा एअर कन्डिसनर (एसी) विस्फोटपछि आगलागी हुँदा नौ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । 

आगलागीमा परी एक बालक र चार महिलासहित कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य २० जना घाइते भएका दिल्ली प्रहरीले पुष्टि गरेको छ ।

पूर्वी दिल्लीको विवेक विहार इलाकामा पीडित सुतिरहेका बेला यो घटना भएको हो । एसी विस्फोटपछि लागेको आगो केही मिनेटमा नै पूरै घरमा फैलिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त घरको विभिन्न भागबाट नौ जनाको मृत शरीर निकालिएको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

आगो नियन्त्रणका लागि दमकलसहितका १४ वटा टोली खटिएका थिए । एयर कन्डिसनरमा विस्फोट हुनुको कारण पत्ता लगाउन अनुसन्धान सुरू भइसकेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ४ : ५२ बजे

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू