देशका विभिन्न भागमा आगलागी, लाखौंको क्षति « Khabarhub

देशका विभिन्न भागमा आगलागी, लाखौंको क्षति


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२ लाख बराबरको धनमाल जलेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार रौतहट, पर्सा, दार्चुला, कपिलवस्तु र कञ्चनपुरमा शनिबार भएका आगालागीका घटनामा उक्त रकम बराबरको धनमान नष्ट भएको हो ।

रौतहकटको देवाही गोनाही नगरपालिका–५ टिकुलीया टोलका वकिल यादवको गोठमा शनिबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब रु एक लाख ५० हजार बराबरको क्षति भएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ गदियानी टोलका मुस्तकिम मिया मन्सुरीको घरमा आगो लाग्दा रु पाँच लाख ५० हजार बराबरको धनमाल जलेको छ ।

यसैगरी, दार्चुलाको महाकाली नगरपालिका–४ स्थित जसु लुहारको कस्मेटिक पसल र सँगैको चियानास्ता पसलमा आगालागी हुँदा करिब रु १६ लाख ५० हजार बराबरको धनमाल खरानी भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–१ र म्याग्दीको मङ्गला गाउँपालिका–२ खुम्लियामा विद्युत् चुहिएर आगो लाग्दा क्रमशः रु छ लाख र दुई लाख बराबरका सामान जलेका जनाइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ८ : २५ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक