रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ? उम्मेदवार छनोट रूपरेखा (पूर्णपाठ) « Khabarhub

रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ? उम्मेदवार छनोट रूपरेखा (पूर्णपाठ)

स्थानीय निर्वाचन उम्मेदवार छनोटको वैज्ञानिक रूपरेखा सार्वजनिक


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोटको विस्तृत र वैज्ञानिक रूपरेखा सार्वजनिक गरेको छ । पार्टीले ‘सही तरिकाले, सही ठाउँमा, सही व्यक्ति’ छान्ने परिपाटी स्थापित गर्न १३ बुँदे विशिष्ट उद्देश्यसहितको कार्यविधि तयार पारेको हो ।

रास्वपाले उम्मेदवार छनोट प्रक्रियालाई पूर्णतः प्रविधिमैत्री र मापनयोग्य बनाउन विभिन्न मापदण्डलाई निश्चित भाराङ्क तयार पारेको छ ।

लिडरसिप एकेडेमी (२५): आकांक्षीहरूको नेतृत्व परीक्षण र वैचारिक स्पष्टताका लागि लिडरसिप एकेडेमीको प्रशिक्षण र नतिजालाई अनिवार्य गरिएको छ । यसमा उत्तीर्ण हुनेले मात्र आगामी चरणमा प्रवेश पाउनेछन् ।

पोलिटिकल प्रोक्सिमिटी (२५): विगतको राजनीतिक पृष्ठभूमि, साङ्गठनिक आबद्धता, जनसम्बन्ध र विजयको सम्भाव्यताका आधारमा वस्तुपरक मूल्याङ्कन गरिनेछ ।

समावेशिता (१०): संविधानको भावना अनुसार महिला, दलित, सीमान्तकृत, युवा र अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्न १० प्रतिशत अङ्कभार छुट्ट्याइएको छ ।

प्रारम्भिक निर्वाचन (४०): पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ गर्न र सदस्यहरूको मताधिकार सुनिश्चित गर्न प्रारम्भिक निर्वाचनलाई सबैभन्दा बढी भार दिइएको छ ।

‘क्यान्डिडेट क्लब’ र ‘ल्याटरल इन्ट्री’को व्यवस्था
उम्मेदवार बन्न इच्छुक व्यक्तिले सर्वप्रथम पार्टीको ‘क्यान्डिडेट क्लब’मा आवेदन दिनुपर्नेछ । पालिका र वडा तहका लागि छुट्टाछुट्टै क्लब गठन गरिनेछन् । पार्टीले नयाँ र योग्य व्यक्तिलाई समेट्न विशेष प्रवेशको व्यवस्था समेत गरेको छ, जसमा प्रतिष्ठित र विज्ञ व्यक्तिलाई ‘कुलिङ पिरियड’को अवधि पूरा नभए पनि आवेदन दिने बाटो खुला गरिएको छ ।

मतदान प्रक्रियालाई सुरक्षित बनाउन रास्वपाले आधिकारिक एपमार्फत ‘अनलाइन मतदान’को प्राथमिक विधि अपनाउने भएको छ । तथ्याङ्कमा छेडछाड नहोस् भन्नका लागि ‘ब्लकचेन’ वा सोसरहको प्रविधि प्रयोग गरिने रूपरेखामा उल्लेख छ । मनोवैज्ञानिक प्रभाव कम गर्न ‘ब्लाइन्ड भोटिङ’ प्रणाली लागू गरिनेछ, जसमा मतदान नसकिएसम्म अन्य खण्डको प्राप्ताङ्क गोप्य राखिनेछ ।

पार्टीले उम्मेदवार छनोटमा हुने आर्थिक लेनदेन, गुटबन्दी र धाँधलीविरुद्ध ‘शून्य सहनशीलता’को नीति लिएको छ । आचारसंहिता उल्लङ्घन गर्ने जो-कोहीलाई तत्काल निष्कासन गर्ने र उम्मेदवारी खारेज गर्ने कडा व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ७ : ५१ बजे

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे