रोजर फेडेररको किर्तीमानी– एटीपीमा उचाले १०० औं उपाधि « Khabarhub

रोजर फेडेररको किर्तीमानी– एटीपीमा उचाले १०० औं उपाधि


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबई– रोजर फेडेररले एसोसिएसन अफ टेनिस प्रोभेस्नल्स (एटीपी) मा व्यक्तिगत १०० औं उपाधी उचालेका छन् । उनले शनिबार राति सम्पन्न दुबई टेनिस च्याम्पियनसिपमा आठौं उपाधी उचाल्नेक्रममा व्यक्तिगत सय उपाधी पूरा गरेका हुन् ।

दुबई च्याम्पियनसिपको फाइनलमा ग्रीसका स्टाफानोस टिजीटिजीपासलाई ६—४ र ६—४ को सेटमा पराजित गर्दै उपाधी उचालेका हुन् । ३७ वर्षे स्वीस नागरीक फेडेरर २० पटकको ग्रान्ड स्लाम विजेता हुन् । उनी एटीपीको व्यक्तिगत पहिलो उपाधी उचालेको ६ हजार ६ सय दिनपछि एटीपीमा सय उपाधिको किर्तीमानी बनाउन सफल भएका छन् ।

मिलान इन्डोर्समा ४ फेब्रुअरी २००१ मा उनले फ्रान्सका जुलिएन बोउटरलाई पराजित गर्दै एटीपीएमा व्यक्तिगत पहिलो उपाधि हात पारेका थिए ।

फेडेरर ९एटीपी० मा व्यक्तिगत १ सय उपाधी उचाल्ने दोस्रो खेलाडी बन्नेछन् । यसअघि एटीपीमा व्यक्तिगत सय उपाधि जित्नेमा अमेरिकाकी जिम्मी कोन्नोर्सको नाम मात्रै छ । उनले अहिलेसम्म व्यक्तिगततर्फ १ सय ९ उपाधी उचालेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ११ : ०० बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना