सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ : मुख्यमन्त्री शाह « Khabarhub

सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ : मुख्यमन्त्री शाह


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको बताएका छन् ।

आज बर्दगोरिया कलेजको शैक्षिक तथा प्रशासनिक भवनको शिलान्यास गर्दै उनले सीमित स्रोतसाधनका बावजुद प्रदेश सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको बताए।

मुख्यमन्त्री शाहले प्रदेश सरकार शैक्षिक गुणस्तर सुधारका साथसाथै बेरोजगारी समस्या समाधानतर्फ उन्मुख रहेको बताए। 

उनले हाल आधा किलोमिटर सडक दूरीभित्र कम्तीमा ९० प्रतिशत बालबालिका शिक्षाको पहुँचमा पुगेको बताउँदै बाँकी १० प्रतिशत बालबालिकालाई सडक सञ्जालसँग जोडेर दूरी घटाउनेतर्फ सरकार सक्रिय रहेको बताए।
 
कार्यक्रममा सामाजिक विकासमन्त्री मेघराज खड्का, बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण कुँवर, पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने, सामाजिक विकास सचिव डा हेमराज रेग्मीलगायत सहभागिता रहेको थियो ।

यहाँ सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२-८३ मा विनियोजन गरेको १० करोडको लागतमा भवन निर्माण सुरु भएको हो । 

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ३ : ५१ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि