नेपाल–भारत सीमा भन्सार नीतिविरुद्ध काठमाडौंमा प्रदर्शन « Khabarhub

नेपाल–भारत सीमा भन्सार नीतिविरुद्ध काठमाडौंमा प्रदर्शन


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा १०० रुपैयाँभन्दा माथिका सामानमा भन्सार कर लगाउने नीतिको विरोध गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।

राष्ट्रिय एकता दलको नेतृत्वमा सोमबार माइतिघरमा आयोजित प्रदर्शनमा सहभागीहरूले उक्त मापदण्ड हटाउन माग गरेका हुन्। 

उनीहरूले सीमामा कडाइ गर्दा सीमा क्षेत्रका बासिन्दाले दैनिक उपभोग्य वस्तुमा समेत कर तिर्नुपर्ने बाध्यता रहेको र यसले जीवनयापनमा समस्या उत्पन्न भएको बताएका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘सीमामा १०० को नियम हटाऊ’, ‘गरीबको हक अधिकार बचाऊ’, ‘मानव अधिकारको रक्षा गर’ र ‘सीमानाका किसानलाई मल देऊ’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले सीमावर्ती क्षेत्रका नागरिकमाथि अन्याय भइरहेको भन्दै तत्काल १०० रुपैयाँको मापदण्ड खारेज गर्न सरकारसँग माग गरे।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ५ : २८ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत