अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने « Khabarhub

अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कम्बोडिया सरकारले अनलाइन स्क्यामिङमा संलग्नलाई कसुरको प्रकृतिअनुसार पाँच लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था सहित नयाँ कानुन लागू गरेको छ ।
 
थाइल्याण्डस्थित नेपाली दूतावासका अनुसार कम्बोडियाले अनलाइन स्क्यामिङ एक अन्तरदेशीय अपराध भएको उल्लेख गर्दै त्यस्ता गतिविधि नियन्त्रण तथा अन्त्य गर्न गत हप्तादेखि सो कानुन लागू गरेको हो । कम्बोडिया सरकारले अनलाइन स्क्यामिङ केन्द्रहरू बन्द गर्ने, नष्ट गर्ने तथा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाएको छ ।
 
दूतावासले विभिन्न उद्देश्यले, विशेष गरी पर्यटनको बहानामा कम्बोडिया गई  भिसा अवधि समाप्त भएपछि पनि धेरै नेपाली नागरिक त्यहाँ बसिरहेको जनाइएको छ । साथै, केही नेपाली नागरिक अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्रहरूमा संलग्न रहेको जानकारी प्राप्त भएको दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
 
आफूलाई प्राप्त भिसा अवधिभन्दा बढी समय कम्बोडियामा नबस्न, कुनै  पनि गैरकानुनी गतिविधिमा संलग्न नहुन तथा यदि त्यस्ता कार्यमा संलग्न रहेको भए तुरुन्त बन्द गरी नेपाल फर्कन राजदूतावासले अनुरोध गरेको छ । दूतावासले उच्च तलब तथा आकर्षक सुविधाको प्रलोभनमा परी पर्यटकीय भिसामा कम्बोडियालगायत अन्य मुलुकहरूमा रोजगारीका लागि नजान अनुरोध गर्दै आएको छ ।
 
साथै दूतावासले वैदेशिक रोजगारीका लागि विदेश जानु अघि नेपालस्थित वैदेशिक रोजगार विभाग तथा सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतावास वा नेपाली वाणिज्यदूतावाससँग सम्पर्क गर्न अनुरोध गरेको छ । रोजगारदाता संस्था तथा रोजगारीको अधिकारिकता यकिन गरी वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जानुपर्ने दूतावासको भनाइ छ ।
 
नेपाल फर्कन सहजीकरण गर्ने उद्देश्यले राजदूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकको तथ्यांक तथा सूचना संकलन गरिरहेको हुँदा अनलाइन फाराम भरी सहयोग गरिदिनु हुन अनुरोध गरेको छ । 

आफूलाई कम्बोडिया पुर्‍याउने व्यक्ति उपर नेपाल फर्केपछि तथा कम्बोडियाबाट नै पनि नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोमा उजुरी गर्नका लागिसमेत अनुरोध गरिएको छ ।
 

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ६ : ०८ बजे

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी