प्रधानमन्त्री बालेन भन्छन्- नेताको भीडबाट होइन, विद्यार्थीले गुरुबाट राजनीति सिकून् « Khabarhub

प्रधानमन्त्री बालेन भन्छन्- नेताको भीडबाट होइन, विद्यार्थीले गुरुबाट राजनीति सिकून्

‘पार्टीकरणले प्रणाली नै ध्वस्त पार्यो, अब विधि र क्षमताको मात्रै मूल्यांकन हुन्छ’


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिक संक्रमणबाट मुक्त गर्न सरकारले कठोर कदम चालेको बताएका छन् । वर्षौंदेखि जरा गाडेर बसेको ‘पार्टीकरण’ को संस्कृतिले प्रणाली नै ध्वस्त पारेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अब योग्यता र क्षमतालाई मात्र आधार बनाइने उद्घोष गरेका हुन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले विद्यार्थी र कर्मचारी संगठनहरू दलको हित गर्ने ‘स्लिपर सेल’ मा परिणत भएको टिप्पणी गरेका हुन् । “वर्षौंदेखि योग्यताभन्दा पहुँच र क्षमताभन्दा झोला र झण्डाको मूल्य बढाइयो, जसले प्रणालीप्रति जनताको विश्वास कमजोर बनायो,” उनले लेखेका छन्, “त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो- शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला निषेध ।”

राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन बनाउन नसकेर यस्तो निर्णय गरेको नभई थप अर्को दलगत संगठन थप्दैमा शिक्षाको गुणस्तर नबढ्ने विगतको पाठबाट सिकेर यस्तो कदम चालिएको उनले स्पष्ट पारे । सरकारले हालै अध्यादेशमार्फत यी क्षेत्रमा रहेका विकृति हटाउने निर्णय गरेको जानकारी दिँदै उनले यसबाट पेशागत स्वतन्त्रता अझ बलियो हुने दाबी गरे ।

“विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन,” प्रधानमन्त्रीले थप भनेका छन्, “हामी चाहन्छौँ विद्यार्थीले सभ्यता, विचार र जिम्मेवारीको राजनीति सिकून् र कर्मचारीले नेताको छहारी होइन, विधिको मार्ग खोजून् ।” उनले यो कुनै दलविरुद्धको लडाइँ नभई देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने भविष्य बचाउने प्रयास भएको बताएका छन् ।

परिवर्तन भाषणले नभई निर्णयले आउने उल्लेख गर्दै उनले आम नागरिकको जनचाहना बमोजिम नै सरकारले यस्तो निर्णय लिएको बताए । उनले नियुक्ति, सरुवा र बढुवाको आधार अब दलगत निकटता नभई विधि, क्षमता र दक्षता मात्र बन्ने कुरामा विश्वास दिलाउँदै सबै पक्षसँग साथ र सहयोगको अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ९ : २० बजे

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६