सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो « Khabarhub

सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सगरमाथा आधार शिविरदेखि दोस्रो शिविर तर्फ जाने बाटो निर्माणका क्रममा भेटिएको शव डिएनए परीक्षणका लागि काठमाडौँ ल्याइएको छ ।

पर्यटन विभागले आज विज्ञप्ति जारी यही वैशाख १५ गते पहिचान नखुलेको मानव शव फेला परेको जनाएको छ । 

विभागका महानिर्देशक रामकृष्ण लामिछानेले सो शवलाई विभाग, नेपाल पर्वतारोहण सङ्घ र सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहयोगमा हेलिकप्टरमार्फत लुक्ला हुँदै काठमाडौं ल्याइएको जानकारी दिए ।

महानिर्देशक लामिछानेले पहिचान खुल्न नसकेको उक्त शवलाई हाल त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया अगाडि बढाइएको बताए ।

विभागले विगतमा सगरमाथा क्षेत्रमा आरोहणका क्रममा बेपत्ता भएका स्वदेशी वा विदेशी आरोही तथा सहयोगी कामदारका बारेमा कुनै जानकारी भएमा विभागमा उपलब्ध गराउन पर्वतारोहण सञ्चालक सङ्घ र ट्रेकिङ एजेन्सीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ४ : ०७ बजे

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

मानव अधिकार आयोगसँग ओलीले मागे जेन-जी आन्दोलनको प्रतिवेदन

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनको छानविन प्रतिवेदन र

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार