म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति « Khabarhub

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण भएको छ । स्थानीय पूर्वाधार आयोजना पोखराले पात्लेखेतको गहतेचोकदेखि राम्जाली मन्दिर खण्डमा ढलान गरेर सडकलाई पक्की बनाएको हो । 

विसं २०६६ मा मार्ग खुलेको सडक १६ वर्षपछि पक्की भएको हो । पक्की सडक बनेपछि स्थानीयवासी उत्साही भएका छन् । आवतजावत सहज भएको वाखेतका बासिन्दा अर्जुन पुनले बताए।

‘साँघुुरो र कच्ची सडकमा यात्रा गर्न असहज भएको थियो’, उनले भने, ‘सडक ढलान भएपछि यात्राअवधि छोटिनुका साथै सहज भएको छ ।’ यसअघि २० मिनेट लाग्ने यात्राअवधि पाँच मिनेटमा छोटिएको उनले बताए। 

वाखेत–टोड्के सडक स्तरोन्नति योजना निर्माणका लागि गत माघ १० गते दुप्चेश्वर शुभम् बिल्डर्सले दुई करोड ३६ लाख २३ हजार १५२ मा ठेक्का सम्झौता गरेको थियो । एक किलोमिटर ७०० मिटर सडक स्तरोन्नति गर्ने आगामी असार ३० गतेसम्म ठेक्काको म्याद रहेको योजना निर्माण कम्पनीले लक्ष्यभन्दा दुई महिनाअघि नै सम्पन्न गरेको हो । 

निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौतालगत्तै उपकरण र मजदुर परिचालन तथा निर्माण सामग्रीको व्यवस्थापन गरेर इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद लक्ष्यअघिनै काम सम्पन्न गरेको बताए। निर्माण सकिए पनि प्राविधिक नापजाँच र भुक्तानीको काम बाँकी रहेको उनले बताए। 

तीन दशमलब पाँचदेखि चार मिटर फराकिलो सडकमा ढलान गरेर पक्की बनाइएको छ । सडक स्तरोन्नति भएपछि स्थानीयबासीका साथै टोड्के आवछजावात गर्ने पर्यटकलाई सहज भएको बेनी नगरपालिका–१० का वडासदस्य बेगम पाइजाले बताए।

 राम्जाली चोकदेखि बराहथान हुँदै टोड्के जोड्ने बाँकी खण्डको सडक स्तरोन्नतिका लागि योजनाको निरन्तरता दिन वाखेतवासीले माग गरेका छन् ।
 

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ३ : ५९ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा