एमआरपी अनिवार्यताले विराटनगर भन्सार राजस्व प्रभावित « Khabarhub

एमआरपी अनिवार्यताले विराटनगर भन्सार राजस्व प्रभावित


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भन्सार विन्दुमा आउने तथा स्वदेश मै उत्पादन हुने सबै वस्तुमा अनिवार्य रुपमा एमआरपी अर्थात् अधिकतम खुद्रा मूल्य उल्लेख गर्नुपर्ने सरकारी निर्देशनको कारण विराटनगर भन्सार कार्यालयको भन्सार राजस्व संलकन प्रभावित भएको छ । 

गत वैशाख १५ गते देखि एमआरपी अनिवार्य गरिएपछि विराटनगर भन्सार नाका र भारतीय सीमा क्षेत्रमा करिब ३ सय ५० वटा ट्रक कन्टेनरहरू रोकिएको विराटनगर भन्सार एजेण्ट संघले जनाएको छ । 

भन्सार जाँचपास नभएपछि विराटनगर भन्सार कार्यालयको भन्सार राजस्व पनि प्रभावित भएको छ । दैनिक करिब ११ करोड ३३ लाख रुपैयाँ भन्सार राजस्व संकलन गर्नुपर्ने विराटनगर भन्सार कार्यालयले वैशाख १६ गते ५ करोड १९ लाख, १७ गते बिहीबार ९ करोड ३८ लाख, १८ गते शुक्रवार ६ करोड ४६ लाख रुपैयाँ संकलन गरेको विराटनगर भन्सार कार्यालयका भन्सार अधिकृत विमल साहले जानकारी दिए ।

उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार वस्तुमा लाग्ने सबै प्रकारका कर समावेश गरी हुन आउने अधिकतम खुद्रा मूल्य अर्थात् एमआरपी उल्लेख गर्नैपर्ने कानुनी व्यवस्था छ । 

आयातकर्ताहरुले भने विदेशबाट आयात हुने वस्तुमा एमआरपी उल्लेख गर्न नसकिने, बरु स्वघोषणा गरी गोदाममा एमआरपी लेखेर बजारमा पठाउन सकिने बताएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ४ : ५६ बजे

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

मानव अधिकार आयोगसँग ओलीले मागे जेन-जी आन्दोलनको प्रतिवेदन

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनको छानविन प्रतिवेदन र

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार