मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग « Khabarhub

मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

पाटन– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि लागेका सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा निष्पक्ष र न्यायोचित छानबिन गर्न आग्रह गरेको छ।

प्रदेश सुशासन केन्द्र, जावलाखेलमा आज बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा संसदीय दलका नेता तथा मुख्यमन्त्री बानियाँकै सभापतित्व रहेको थियो।

संसदीय दलका सचिव मीनकृष्ण महर्जनका अनुसार बैठकले छानबिन प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन सम्बन्धित निकायलाई आग्रह गर्ने निष्कर्ष निकालेको छ।

त्यसैगरी, बैठकले बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ का लागि आयोजना छनोट गर्दा प्रदेशसभा सदस्यहरूको माग र क्षेत्रगत भौगोलिक अवस्थालाई आधार बनाउने निर्णयसमेत गरेको छ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ४ : २९ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री