जेठ १० देखि डोल्पाका पाटनमा यार्सागुम्बा संकलन खुला « Khabarhub

जेठ १० देखि डोल्पाका पाटनमा यार्सागुम्बा संकलन खुला


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार – आगामी जेठ १० गते डोल्पाका विभिन्न पाटन यार्सागुम्बा संकलनका लागि खुला गरिने भएको छ । 

आज बसेको सर्वपक्षीय सर्वदलीय बैठकले उक्त मितिमा सबै पाटन यार्सागुम्बा संकलनका लागि खुला गर्ने निर्णय भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनले जानकारी दिए । 

यार्सागुम्बा संकलनका लागि शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्र र डिभिजन वनको क्षेत्रमा पर्ने सम्पूर्ण पाटन आम सर्वसाधारणका लागि खुला हुने भएको हो । यार्सा टिप्न पाटन जानेहरूका लागि तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था गरिएको छ । 

निकुञ्जभित्रका मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई ५०० (क) वर्ग’, डोल्पा जिल्लाभित्रका नागरिकलाई दुई हजार (ख) वर्ग र जिल्ला बाहिरकालाई तीन हजार (ग) वर्ग शुल्क निकुञ्जले निर्धारण गरेको छ ।

मध्यवर्ती क्षेत्र र जिल्लाभित्रका बासिन्दालाई प्रवेश शुल्कका लागि अनिवार्य परिचयपत्र देखाउनुपर्नेछ । यदि नदेखाएमा (ग) वर्ग कै प्रवेश शुल्क काटिनेछ । यार्सागुम्बा संकलनका लागि जेठ ५, ६ र ७ गते सम्बन्धित पाटनका क्षेत्रमा प्रवेशका लागि प्रवेश शुल्क बुझाई सक्नुपर्नेछ ।

यार्सापाटनमा १६ वर्षभन्दा तलका बालबालिकालाई प्रवेशमा निषेध गरिने निकुञ्जले जानकारी दिएको छ । यार्सा संकलनका लागि डोल्पा, जाजरकोट, रुकुम पश्चिमलगायत क्षेत्रहरूबाट अधिकांश मानिस घर नै खाली गरेर हिमाली जिल्ला डोल्पाका उच्च पटनहरूमा जाने गरेका छन् ।
 

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ६ : ३९ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री