कांग्रेसले भन्यो- संवैधानिक आयोग नियन्त्रणमा राख्न सरकारले अध्यादेशको सहारा लियो « Khabarhub

कांग्रेसले भन्यो- संवैधानिक आयोग नियन्त्रणमा राख्न सरकारले अध्यादेशको सहारा लियो


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले आफ्ना मान्छे नियुक्ति गरेर संवैधानिक आयोगलाई नियन्त्रणमा राख्ने ढंगबाट सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस संसद् समन्वय बोर्डको बैठकपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत राज्यका निकायलाई नियन्त्रण गर्ने प्रयास गरिएकाले गम्भीर आपत्ति रहेको बताए । 

सरकारले सिफारिस गरेको अध्यादेश जारी भइसकेपछि संसद् अधिवेशन आह्वान गर्नुले पनि सरकारको बदनियत स्पष्ट देखिएको उनले बताए । अध्यादेश लगायतका विषयमा कांग्रेसले सशक्त रुपमा अन्य विपक्षीहरूलाई समेत साथमा लिएर सदनमा आवाज उठाउने उनले उल्लेख गरे । 

उनले सरकारको क्रियाकलापले मुलुकलाई ठिक ठाउँमा लगेको जस्तो अनुभूति नभएको धारणा समेत राखे । त्यस्तै आङदेम्बेले व्यवस्थापनका विषयलाई ख्यालै नगरी सुकुम्वासीको बस्ती भत्काउने काममा समेत कांग्रेसको विरोध रहेको बताए । राज्य आतंक मच्चाउने ढङ्गबाट प्रस्तुत भएकाले यसको पनि विरोध गरिएको उनको भनाइ छ । 

कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको प्रथम बैठकमा पार्टीले यसअघि गरेका निर्णयहरूका विषयमा समेत छलफल भएको आङदेम्बेले जानकारी दिए ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ६ : ४७ बजे

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६