पश्चिमी लिबियामा ३९ अवैध आप्रवासी पक्राउ « Khabarhub

पश्चिमी लिबियामा ३९ अवैध आप्रवासी पक्राउ


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिपोली- पश्चिमी लिबियाको जुआरा शहरबाट ३९ जना अवैध आप्रवासी पक्राउ परेका छन् । उनीहरु बिहीबार पक्राउ परेका अधिकारीहरुले जानकारी दिएका छन् ।

उक्त नगरको सुरक्षा विभागले दिएको जानकारीअनुसार ती आप्रवासीहरुको कुनै कागजात नभएको र अवैध रुपमा उनीहरुले यात्रा गरिरहेको पाएपछि नियन्त्रणमा लिइएको हो ।

उनीहरु अवैध रुपमा अथवा विना कुनै कागजात सो क्षेत्रमा हिँड्डुल गरेको थाहा पाएपछि नियन्त्रणमा लिनु परेको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

प्रहरीले बिहीबारै प्रकाशन गरेको विज्ञप्तिमा ती नागरिकहरु बङ्गलादेशका रहेका पनि खुलेको छ ।  उनीहरुलाई शरणार्थी शिविरमा राखिएको छ । यही मार्ग भएर दशौँ हजार व्यक्ति हरेक वर्ष शरणार्थीका रुपमा युरोप छिर्ने प्रयास गरिरहेका हुन्छन् ।

त्यसै क्रममा उनीहरु लिबियिाको उक्त पश्चिमी क्षेत्रका साथै अन्य शहरहरुबाट पनि पक्राउ पर्ने गरेका छन् । तर पनि संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी नियोगले विगत लामो समयदेखि नै यात्राका लागि लिबियाको बाटो सुरक्षित नभएको बताउँदै आएको छ ।

उक्त देश सन् २०११ देखि नै असुरक्षित हुदै आएको बताइएको छ । जसका कारण सो देशबाट दशौँ हजार जना विदेशी नागरिक पक्राउ परेका छन् ।

सन् २०११ मा भएको प्रजातान्त्रिक आन्दोलनका क्रममा यहाँका नेता कर्णेल माउमर गद्दाफी मारिएपछि लिबियाको सुरक्षा व्यवस्था अत्यन्त कमजोर भएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ९ : ०० बजे

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने