पश्चिमी लिबियामा ३९ अवैध आप्रवासी पक्राउ « Khabarhub

पश्चिमी लिबियामा ३९ अवैध आप्रवासी पक्राउ


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिपोली- पश्चिमी लिबियाको जुआरा शहरबाट ३९ जना अवैध आप्रवासी पक्राउ परेका छन् । उनीहरु बिहीबार पक्राउ परेका अधिकारीहरुले जानकारी दिएका छन् ।

उक्त नगरको सुरक्षा विभागले दिएको जानकारीअनुसार ती आप्रवासीहरुको कुनै कागजात नभएको र अवैध रुपमा उनीहरुले यात्रा गरिरहेको पाएपछि नियन्त्रणमा लिइएको हो ।

उनीहरु अवैध रुपमा अथवा विना कुनै कागजात सो क्षेत्रमा हिँड्डुल गरेको थाहा पाएपछि नियन्त्रणमा लिनु परेको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

प्रहरीले बिहीबारै प्रकाशन गरेको विज्ञप्तिमा ती नागरिकहरु बङ्गलादेशका रहेका पनि खुलेको छ ।  उनीहरुलाई शरणार्थी शिविरमा राखिएको छ । यही मार्ग भएर दशौँ हजार व्यक्ति हरेक वर्ष शरणार्थीका रुपमा युरोप छिर्ने प्रयास गरिरहेका हुन्छन् ।

त्यसै क्रममा उनीहरु लिबियिाको उक्त पश्चिमी क्षेत्रका साथै अन्य शहरहरुबाट पनि पक्राउ पर्ने गरेका छन् । तर पनि संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी नियोगले विगत लामो समयदेखि नै यात्राका लागि लिबियाको बाटो सुरक्षित नभएको बताउँदै आएको छ ।

उक्त देश सन् २०११ देखि नै असुरक्षित हुदै आएको बताइएको छ । जसका कारण सो देशबाट दशौँ हजार जना विदेशी नागरिक पक्राउ परेका छन् ।

सन् २०११ मा भएको प्रजातान्त्रिक आन्दोलनका क्रममा यहाँका नेता कर्णेल माउमर गद्दाफी मारिएपछि लिबियाको सुरक्षा व्यवस्था अत्यन्त कमजोर भएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ९ : ०० बजे

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन

रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति

काठमाडौं – ​भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ

सिरहा – सिरहा प्रहरीले आठ ग्राम ८० मिलीग्राम अवैध लागुऔषध

काभ्रे बस दुर्घटना : मृतक ८ मध्ये ४ जनाको पहिचान खुल्यो

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका–७ स्थित बुचाकोटमा शुक्रबार भएको बस