प्रिमियर लिगमा वाटफोर्डको पहिलो जीत « Khabarhub

प्रिमियर लिगमा वाटफोर्डको पहिलो जीत


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाटफोर्डले प्रियिमर लिग फुटबलको चालू सिजनमा पहिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा वाटफोर्डले नर्विच सिटीलाई २–० गोल अन्तरले हराएको हो ।

जेरार्ड देउलोफ्युले खेलको दोस्रो मिनेटमा गोल गर्दै वाटफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए । आन्द्रे ग्रेले ५२ औ मिनेटमा वाटफोर्डको अग्रतालाई दोब्बर बनाउँदै क्लबको जित सुनिश्चित गरेका थिए । उनले देउलोफ्युको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

क्रिश्चियन केबेसल ६५ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टिम १० खेलाडीमा सिमित बनेको थियो ।

वाटफोर्डले प्रिमियर लिगमा पहिलो जित दर्ता गर्दै तालिकाको पुछारदेखि तेस्रो स्थानमा उक्लियो । उसले ११ खेलबाट ८ अंक जोड्यो ।

नर्विच ७ अंक सहित तालिकाको पुछारमा रह्यो ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ६ : ४५ बजे

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व : मन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सबै नागरिकलाई विभेदरहित, सम्मानजनक

ओलीले धोका दिएको भन्दै जब गगनले प्रचण्डलाई भेटे…

काठमाडौं- औपचारिक निर्णय भइनसके पनि नेकपा एमाले- नेपाली कांग्रेस गठबन्धन

विष्णु पौडेलविरुद्ध झन्डै २१ करोड बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं- सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा विशेष अदालतमा नेकपा

ब्राजिली आयातमा अमेरिकाको २५ प्रतिशत भन्सार शुल्क

वासिङ्टन- अमेरिकाले ब्राजिलबाट आयात हुने केही वस्तुमा जुलाई २२ देखि २५

ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल,

काठमाडौं– तलेजु भवानीको चोरी भएको १४औँ शताब्दी पुराना ऐतिहासिक गहना