लुडोका विषयमा विवाद : रड प्रहारबाट एकको मृत्यु « Khabarhub

लुडोका विषयमा विवाद : रड प्रहारबाट एकको मृत्यु


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिकामा रड प्रहारबाट एकजनाको मृत्यु भएको छ ।

लुडो खेल्ने विषयमा विवाद भई रड हानाहान हुँदा विष्णु गाउँपालिका–२, पकडीगोठका ३० वर्षीय बीकाउ साहको मृत्यु भएको सर्लाही प्रहरीका प्रमुख (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए।

रड प्रहारबाट गम्भीर घाईते भएका साहको उपचारका क्रममा शुक्रबार साँझ वीरगञ्जमा मृत्यु भएको हो । बिहीबार राति लुडो खेल्दै गर्दा विवाद भएपछि बीकाउ र सोही ठाउँका सन्तोष झाबीच रड हानाहान भएको थियो ।

घटनामा सामान्य घाईते भएका वर्ष ३० कै सन्तोष झाको जिल्ला अस्पताल मलङ्गवामा प्रहरी निगरानीमा उपचार भइरहेको एसपी भट्टराईले बताए । उनले लुडो खेल्ने क्रममै विवाद भएको जानकारी आए पनि विवादको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको बताए।

मृतकका परिवारले सन्तोष र उनका परिवारका अन्य सदस्य समेत मिलेर बीकाउमाथि रड प्रहार गरेको बताएका छन् । प्रहरी पठाएर पीडितले नाम लिएका व्यक्तिको खोजी गर्दा उनीहरु घर छाडेर फरार भएका पाइएको एसपी भट्टराईले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ८ : ०० बजे

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवानामा

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४