प्रदेश नं २ मा आइतबार बिदा | Khabarhub Khabarhub

प्रदेश नं २ मा आइतबार बिदा


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश नं २ सरकारले आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा प्रदेश सरकारले यही कात्तिक २४ गते बिदा दिने निर्णय गरेको हो ।

मोहम्मद पैगम्बरको १४३९औँ जन्मजयन्तीका अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

‘जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने यस पर्वले हामी सबैमा सुशासनसहितको समाजिक विकासमार्फत समृद्ध प्रदेश स्थापना गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु’, आन्तिरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ८ : १७ बजे

मुख्य राजमार्गकै यात्रा कठिन

काभ्रेपलाञ्चोक–  काभ्रेपलाञ्चोकअन्तर्गत मुख्य दुई राजमार्ग अरनिको र बीपी राजमार्ग अवस्थित

कम्बोडियाले युद्धविराम भङ्ग गरेको थाई सेनाको आरोप

बैंकक– थाइल्यान्डको सेनाले मङ्गलबार कम्बोडियामाथि युद्धविराम भंग गरी झडप जारी

नागको पूजा अर्चना गरी मनाइयो नागपञ्चमी

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी परम्पराअनुसार

पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाको उम्मेदवारी

काठमाडौं– नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाले उम्मेदवारी घोषणा

दाउरा टिप्न जाँदा ठूलीभेरीको बाढीमा फसेका चार जनालाई सुरक्षाकर्मीले तीन घण्टाको प्रयासपछि बचाए

डोल्पा- ठूलीभेरी नगरपालिका- ३ स्थित धूपीचौरको नदीबीचमा फसेका चारजनालाई सुरक्षाकर्मी