शुरुभयो ‘अकुपाई टुँडिखेल’ अभियान, बनाइयो मानव साङ्लो (फोटोफिचर) « Khabarhub

शुरुभयो ‘अकुपाई टुँडिखेल’ अभियान, बनाइयो मानव साङ्लो (फोटोफिचर)


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अतिक्रमित टुँडिखेल जोगाउन आजबाट ‘अकुपाई टुँडिखेल’ अभियान शुरु भएको छ । अभियानमा सहभागीले रत्नपार्कदेखि सैनिकमञ्चसम्म मानव सांग्लो बनाएका छन् ।

देश परिवर्तनका लागि हुने विभिन्न आन्दोलन गर्ने यो सार्वजनिक भूमी अहिले अतिक्रमणमा परेको भन्दै अतिक्रमणबाट मुक्त गराउन अकुपाई टुँडिखेल अभियान चलाइएको अभियन्ता आलोकसिद्धि तुलाधरले बताए ।

खुलामञ्च नागरिकले आफ्नो अधिकारको लागि बोल्ने र आफ्नो आवाज सरकारसम्म पुर्‍याउने ठाउँ भएको भन्दै अर्का अभियन्ता अभियन्ता गणपतिलाल श्रेष्ठले खुलामञ्‍च, टुँडिखेल मासेर नागरिकलाई आफ्ना आवाज व्यक्त गर्न वञ्चित गरिएको आरोप लगाउँदै त्यसकै खबरदारीका लागि यो अभियान चलाइएको बताए ।

यो अभियान अन्तर्गत ‘अकुपाई टुँडिखेल’ आजदेखि तीन महिना हरेक शनिबार आयोजना हुने अभियानका संयोजक विजय श्रेष्ठले जानकारी दिए ।

आज मानव साङ्लोले टुँडिखेल घेर्ने टुँडिखेल अतिक्रमणको चपेटामा परेपछि खुला राख्न दबाब दिन अभियानले आज मानव साङ्लोले टुँडिखेल घेर्दै कार्यक्रम तय गरेको हो।

खुलामञ्चमा अस्थायी बसपार्क छ भने अनधिकृत पसलहरू सञ्चालनमा छन्। यहीँ निर्माण सामग्री राखिएको छ, कामदारको अस्थायी बसोबास छ। सेनाले विभिन्न भौतिक संरचना पनि टुँडिखेल क्षेत्रभित्रै विस्तार गरिरहेको छ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ९ : १८ बजे

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज