कीर्तिपुर हत्या प्रकरण : प्रहरीले सार्वजनिक गर्‍यो तीन आरोपी « Khabarhub

कीर्तिपुर हत्या प्रकरण : प्रहरीले सार्वजनिक गर्‍यो तीन आरोपी


२४ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कीर्तिपुरमा एक युवकको हत्या प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मिति २०८३ वैशाख २३ गते दिउँसो करिब २ः२० बजे कीर्तिपुर नगरपालिका वडा नं. १० पोडेटोलस्थित चिया सागर नजिक २२ वर्षीय विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो ।

मृतक विपिन घिमिरे जिल्ला गुल्मी, धुर्कोट गाउँपालिका–७ स्थायी घर भई हाल कीर्तिपुर नगरपालिका–३ ढाल्पामा बस्दै आएका थिए ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोली अछाम साँफेबगर नगरपालिका–४ घर भई हाल कीर्तिपुर–९ भाजंगल बस्ने २५ वर्षीय महेन्द्र शाह, कैलाली बर्दगोरिया गाउँपालिका–४ घर भई हाल कीर्तिपुर–१० पाँगा दोबाटो बस्ने २३ वर्षीय रबिन्द्र धामी तथा कैलाली घोडाघोडी नगरपालिका–१ घर भई हाल कीर्तिपुर–८ सिनेमा हल बस्ने २२ वर्षीय रोशन बिष्टलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध ज्यान सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  ६ : ४९ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो