सडक सफाइमा जुटे त्रिवेणी टोलबासी « Khabarhub

सडक सफाइमा जुटे त्रिवेणी टोलबासी


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर–प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको भक्तपुरको सुर्वर्णेश्वरदेखि तीनधारेसम्म जाने मोटरबाटोको स्थानीयबासीले स्तरोन्नती गरेका छन् ।

भक्तपुरका सांसद महेश बस्नेतको उपस्थितिमा प्रधानमन्त्री ओलीले उद्घाटन गरेको बाटोमा खाल्डाखुल्डी पर्नुका साथै सडक भएर बग्ने पानीका कारण हिलो भएपछि स्थानीयबासी आफैं जुटेर सडकलाई सफा गरेका छन् ।

आफ्नो घरसम्म जाने बाटोको सफाइमा आफैं जुटौं भन्दै त्रिवेणी टोलका स्थानीयले शनिबार बिहानै स्वत:स्फुर्त रुपमा बाटोको सफाइ गरेको टोल विकास समितिका अध्यक्ष गणेशप्रसाद घिमिरेले जानकारी दिए ।

आफ्नो क्षेत्रको समृद्धिका लागि आफैं जुट्नुपर्छ भन्ने सन्देश दिनका लागि यो अभियान चलाइएको अध्यक्ष घिमिरेले बताए ।

शनिबार बिदाको दिनको सदुपयोग गर्दै सडकका खाल्डाखुल्डी पुर्नुका साथै घरबाट निस्केको पानी सडकमा बग्न थालेपछि त्यसलाई सडक किनाराबाट बग्ने गरी व्यवस्था मिलाइएको पनि घिमिरेले बताए ।

जनश्रमदान मार्फत सूर्यविनायक नगरपालिका वडानम्बर ५ का स्थानीयले सडक सफाइ गरेको वडा नम्बर ५ का वडाध्यक्ष बासुदेव पोखरेलले बताए ।

स्थानीयको सक्रियताका कारण यस्ता काम गर्न आफूलाई थप हौसला मिलेको पनि उनले बताए ।

सडक सफाइ अभियानमा जुटेका स्थानीयबासी तथा वडाबासीलाई पोखरेलले धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  १० : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै