सडक सफाइमा जुटे त्रिवेणी टोलबासी « Khabarhub

सडक सफाइमा जुटे त्रिवेणी टोलबासी


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर–प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको भक्तपुरको सुर्वर्णेश्वरदेखि तीनधारेसम्म जाने मोटरबाटोको स्थानीयबासीले स्तरोन्नती गरेका छन् ।

भक्तपुरका सांसद महेश बस्नेतको उपस्थितिमा प्रधानमन्त्री ओलीले उद्घाटन गरेको बाटोमा खाल्डाखुल्डी पर्नुका साथै सडक भएर बग्ने पानीका कारण हिलो भएपछि स्थानीयबासी आफैं जुटेर सडकलाई सफा गरेका छन् ।

आफ्नो घरसम्म जाने बाटोको सफाइमा आफैं जुटौं भन्दै त्रिवेणी टोलका स्थानीयले शनिबार बिहानै स्वत:स्फुर्त रुपमा बाटोको सफाइ गरेको टोल विकास समितिका अध्यक्ष गणेशप्रसाद घिमिरेले जानकारी दिए ।

आफ्नो क्षेत्रको समृद्धिका लागि आफैं जुट्नुपर्छ भन्ने सन्देश दिनका लागि यो अभियान चलाइएको अध्यक्ष घिमिरेले बताए ।

शनिबार बिदाको दिनको सदुपयोग गर्दै सडकका खाल्डाखुल्डी पुर्नुका साथै घरबाट निस्केको पानी सडकमा बग्न थालेपछि त्यसलाई सडक किनाराबाट बग्ने गरी व्यवस्था मिलाइएको पनि घिमिरेले बताए ।

जनश्रमदान मार्फत सूर्यविनायक नगरपालिका वडानम्बर ५ का स्थानीयले सडक सफाइ गरेको वडा नम्बर ५ का वडाध्यक्ष बासुदेव पोखरेलले बताए ।

स्थानीयको सक्रियताका कारण यस्ता काम गर्न आफूलाई थप हौसला मिलेको पनि उनले बताए ।

सडक सफाइ अभियानमा जुटेका स्थानीयबासी तथा वडाबासीलाई पोखरेलले धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  १० : ४२ बजे

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवानामा

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४