स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो « Khabarhub

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि स्थानीय तहहरूले पनि कम्पनी दर्ता गर्न र सेयर खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।

विभिन्न स्थानीय तहहरूबाट सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना गरी सेयर लगानी गर्नका लागि अनुरोध आएपछि कार्यालयले यस्तो निर्णय गरेको हो । शुक्रबारको निर्णयअनुसार, स्थानीय तहले प्रचलित कानुनबमोजिम निश्चित सर्तहरू पूरा गरी कम्पनीको स्वामित्व लिन सक्नेछन् ।

यसका लागि स्थानीय तहले पालना गर्नुपर्ने मुख्य सर्तहरू तोकिएका छन् ।

‘जसअन्तर्गत स्थानीय तहले कम्पनी दर्ता र लगानीसम्बन्धी विषयमा आफ्नै कानुन बनाएर आधिकारिक निर्णय गर्नुपर्नेछ । कम्पनी दर्ता र सेयर खरिद गर्दा कम्पनी ऐन, २०६३ तथा अन्य प्रचलित कानुनबमोजिमको प्रक्रिया पूरा गर्नुपर्नेछ,’ कार्यालयले भनेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ९ : ०२ बजे

इन्टरपोल दिवस : बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला

काठमाडौं – रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख सहयोग

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको

सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी रहन्छ’ : प्रधानमन्त्री शाह

काठमाडौं – भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको