यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व संकलन « Khabarhub

यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व संकलन


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जुम्ला– यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८२-८३ को वैशाख २४ गतेसम्म एक करोड १६ लाख ३५ हजार राजस्व संकलन गरेको छ । चालु आवमा दुई करोड राजस्व संकलनको लक्ष्य लिएकामा १० महिनामा उक्त रकम संकलन भएको कार्यालय प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए । 

संकलित रकममध्ये यातायात क्षेत्रको आम्दानीतर्फ १५ लाख सात हजार ९२२, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबापत रु चार लाख ३५ हजार ५२६, सवारीसाधन करतर्फ ५७ लाख तीन हजार ९०६ र प्रशासनिक दण्ड जरिवानामार्फत एक हजार ५७५ रहेको छ ।  

कार्यालयमा चालु आवको साउनदेखि चैत मसान्तसम्म १९८ वटा सवारीसाधन दर्ता भएका छन् । 

सोही अवधिमा यातायात कार्यालयबाट जारी भएको सवारी चालक अनुमतिपत्रसम्बन्धी मोटरसाइकल–स्कुटर र मोपेड वर्ग (ए) अन्तर्गत १८८ वटा, कार, जीप, डेलिभरी भ्यान वर्ग (बी) अन्तर्गत ३८ र चालक अनुमतिपत्र प्रतिलिपि तथा नवीकरण ३९४ गरी जम्मा ६२० वटा चालक अनुमतिपत्र वितरण गरिएको छ । 

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ४ : १५ बजे

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख