इरानी जहाजमा अमेरिकी आक्रमण, छ जना घाइते, छ बेपत्ता « Khabarhub

इरानी जहाजमा अमेरिकी आक्रमण, छ जना घाइते, छ बेपत्ता


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ओमानको बन्दरगाह सहर खसाब नजिकै छ वटा इरानी कार्गो र माछा मार्ने जहाजमा अमेरिकी लडाक जेटहरूले गरेको आक्रमणमा कम्तिमा छ जना घाइते भएको र अन्य छ जना बेपत्ता भएको  मेहर समाचार एजेन्सीले शनिबार रिपोर्ट गरेको छ ।

जहाजहरू दक्षिणी होर्मोजगन प्रान्तको बन्दर लेङ्गेह काउन्टीका गाउँलेहरूका थिए, काउन्टी गभर्नर फोड मोरादजादेहलाई उद्धृत गर्दै एजेन्सिले जनाएको छ । 

मोरादजादेहले घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको उल्लेख गर्दै आक्रमणको समयमा  जहाजमा २० जना रहेको बताएका छन् ।

इराना समाचार एजेन्सीले होर्मोजगन तटमा एक अघिल्लो रात भएको अमेरिकी आक्रमणमा कम्तिमा एक जना व्यक्तिको मृत्यु भएको र अन्य १० जना घाइते भएको रिपोर्ट गरेको थियो ।

आक्रमणका कारण मालवाहक जहाजमा आगो लागेको र बाँकी चार जना बेपत्ता भएको इरनाले जनाएको छ । होर्मुजको जलक्षेत्र वरपर बिहीबार र शुक्रबार इरान र संयुक्त राज्य अमेरिकाबिच झडपहरू सुरु भएको जनाइएको छ । 

बिहीबार राति, इरानको मुख्य सैन्य कमान्ड, खतम अल–अन्बिया केन्द्रीय मुख्यालयले अमेरिकी सेनाहरूले दुई इरानी जहाजहरूमा आक्रमण गरेको थियो ।

इरानी कमान्डका प्रवक्ता इब्राहिम जोल्फाघारीले इरानी सेनाले हालै होर्मुजको पूर्व र इरानको चाबहार बन्दरगाहको दक्षिणमा अमेरिकी सैन्य जहाजहरूमा आक्रमण गरेर ठूलो क्षति पुर्याएको जनाइएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले विज्ञप्ति जारी गर्दै सेनाहरूले अप्रत्याशित इरानी आक्रमण रोकेको र अमेरिकी नौसेनाका जहाजहरू स्ट्रेट अफ होर्मुज हुँदै जाँदा आत्मरक्षाका लागि आक्रमण गरेर जवाफ दिएको जनाइएको छ । 

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ४ : ३३ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार