वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो « Khabarhub

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

घोराही– जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक  सामुदायिक वनमा दाउरा लिने विषयमा भएको विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ । 

आज दिउँसो स्थानीय रामजानकी सामुदायिक वन क्षेत्रबाट काठ दाउरा लिने विषयमा भएको विवादपछि सोही गाउँपालिका–४ सन्तपुरुवाका इच्छाकुमार रैदासको आक्रमणबाट एक जनाको मृत्यु भएको हो।

विवादपछि निजले धारिलो हतियार प्रहार गर्दा स्थानीय ५६ वर्षीय भोला यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए । घटनापछि फरार रहेका रैदासको खोजीकार्य जारी रहेको उनले बताए। 

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ५ : २१ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार