समाल्बुङका विद्यार्थीलाई ‘स्टिम एजुकेसन’ बारे प्रशिक्षण « Khabarhub

समाल्बुङका विद्यार्थीलाई ‘स्टिम एजुकेसन’ बारे प्रशिक्षण


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इलाम- सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको अभ्यास विस्तार गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिका–५ ले समाल्बुङ माध्यमिक विद्यालयका विद्यार्थीलाई ‘स्टिम एजुकेसन’ सम्बन्धी पाँचदिने प्रशिक्षण सञ्चालन गरेको छ । विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित समावेश हुने ‘स्टिम एजुकेसन’बारे जानकारी दिन कक्षा ८, ९ र १० का ४० विद्यार्थीलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष उर्गेन बम्जनले जानकारी दिए ।

परम्परागत शिक्षण सिकाइबाट बाहिर निस्केर विद्यार्थीलाई प्रविधिमार्फत अन्वेषणमुखी सिकाइतर्फ प्रेरित गर्न आवश्यक रहेकाले प्रशिक्षण आयोजना गरिएको र यसले शिक्षाको गुणस्तर सुधारमा योगदान पुग्ने विश्वास व्यक्त गरे । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले विद्यार्थीलाई सैद्धान्तिक सिकाइ अभ्यासले शैक्षिक उपलब्धि हासिल गर्न नसकिने भएकाले समूहगत छलफल, अनुभव आदानप्रदान र अनुसन्धानमुखी सिकाइमा जोड दिइएको बताए ।

त्यसका लागि ‘स्टिम एजुकेसन’ प्रशिक्षण उपयोगी हुने उनको भनाइ छ । सहजकर्ता अस्विन जोशीले विद्यार्थीलाई विभिन्न विद्युतीय उपकरणको कार्यप्रणाली, स्वचालित प्रणाली निर्माण र ‘थ्रिडी प्रिन्टिङ’को प्रयोगबारे सिकाइ भइरहेको जानकारी दिए । उनले सरकारी विद्यालयमा थ्रिडी प्रिन्टिङको अभ्यास दुर्लभ भए पनि वडाले प्रिन्ट उपलब्ध गराएर विद्यार्थीलाई प्रयोगात्मक सिकाइमा जोड दिएको बताए ।

“विद्यार्थीले आफूले कल्पना गरेको वस्तु आफैँ डिजाइन र प्रिन्ट गर्न सक्छन् । यसबाट जीवनोपयोगी ज्ञान र सीप हासिल हुनेछ”, जोशीले भने । प्रशिक्षणका स्रोतव्यक्ति कुशल भट्टले अनुसन्धान, पाठ्यक्रम निर्माण, प्रशिक्षण तथा विश्वविद्यालय तहको शिक्षणमा रुचि राख्ने विद्यार्थीका लागि ‘स्टिम’ शिक्षाले नयाँ अवसर सिर्जना गर्ने बताए ।

यसैबीच, वडा नं ५ कार्यालयले विद्यार्थी र शिक्षकमा पठन संस्कृति विकास गर्न दुईवर्षे अभियानसमेत सुरु गरेको जनाएको छ । अभियानमा सात सामुदायिक विद्यालयका २१४ विद्यार्थी र ३५ शिक्षक सहभागी छन् । वडाध्यक्ष बम्जनले रचनात्मक लेखन, प्रस्तुतीकरण र आलोचनात्मक विश्लेषण क्षमता विकास गर्न नियमित कक्षा सञ्चालन गरिने जानकारी दिए । विद्यार्थीको सिकाइ र शिक्षक शिक्षण सीप सुधार गर्ने उद्देश्यले पाइला फाउन्डेसन नेपालसँगको सहकार्यमा १५ दिनअघि अभियान सुरु गरिएको उनले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ७ : ३५ बजे

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब

‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

जनकपुरधाम- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक