विश्वकप लिग-२ : स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल « Khabarhub

विश्वकप लिग-२ : स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

टस जितेर स्कटल्यान्डले रोज्यो ब्याटिङ


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबारको खेलमा नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्कटल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्दै निर्णय गरेपछि नेपालले बलिङ गर्न लागेको हो । यो शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्डबीच प्रतिस्पर्धा गर्दैछन् ।

लिग २ को तालिकामा शीर्ष स्थानमा रहेका अमेरिका र स्कटल्यान्डको नजर उपाधितर्फ छ । घरेलु टोली नेपालका लागि भने यो शृंखला आफ्नो एकदिवसीय अस्तित्व जोगाउने लडाइँ बनेको छ। नेपालले यस शृंखलामा स्कटल्यान्ड र अमेरिकासँग २–२ खेल खेल्ने तालिका छ।

लिग २ को तालिकामा अमेरिका २४ खेलबाट ३६ अंक जोडेर शीर्ष स्थानमा छ भने स्कटल्यान्ड २८ खेलबाट ३४ अंकसहित दोस्रो स्थानमा छ। नेपाल भने २४ खेलमा मात्र १८ अंक जोडेर तालिकाको सातौँ स्थानमा छ। लिग २ का शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्ने भएकाले नेपालका लागि अबका हरेक खेल ‘गर या मर’ को स्थितिमा छन्।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी उत्कृष्ट लयमा छन्। उनले पछिल्लो शृंखलामा औसत ९० को रनरेटमा २ सय ६८ रन बनाएका थिए। तर, अन्य ब्याटरको साथ नहुनु नेपालको मुख्य चिन्ताको विषय हो। ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको अस्थिर प्रदर्शन तथा कप्तान रोहित पौडेलको ब्याटिङ खडेरीले टोलीलाई दबाबमा राखेको छ।

नेपाली टोलीमा अलराउन्डर बसिर अहमदको स्थानमा इशान पाण्डेलाई समेटिएको छ। देब्रेहाते ब्याटरको अभाव झेल्दै आएको नेपाली शीर्ष क्रममा इशानको आगमनले केही राहत दिने अपेक्षा गरिएको छ। त्यस्तै, बलिङतर्फ विशेषगरी स्पिनरले घरेलु मैदानमा आफ्नो प्रभाव पुनः फर्काउनुपर्ने चुनौती छ।

यो शृंखला नेपालका लागि विश्वकप छनोटको ढोका खुल्ला राख्न र ओडिआई मान्यता सुरक्षित गर्न निर्णायक हुने देखिन्छ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ९ : २२ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा