पाकिस्तानमा तीन महिनामा ३७० जना भन्दा बढी अफगान नागरिक मारिए : राष्ट्रसङ्घ « Khabarhub

पाकिस्तानमा तीन महिनामा ३७० जना भन्दा बढी अफगान नागरिक मारिए : राष्ट्रसङ्घ


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- चालु वर्षको पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तानबीचको द्वन्द्वमा कम्तिमा ३७२ जना अफगान नागरिक मारिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । सन् २०२१ मा तालिबान सत्तामा फर्किए पछि इस्लामाबाद र काबुल बीचको सम्बन्ध बिग्रिएको जनाइएको छ भने गत फेब्रुअरीमा पाकिस्तानका रक्षामन्त्रीले खुला युद्धको घोषणा गरेका थिए ।

इस्लामावादले अफगान तालिबान सरकारलाई आतङ्ककारीहरूलाई आश्रय दिएको आरोप लगाएको छ । अफगान अधिकारीहरूले पाकिस्तानले शत्रु समूहहरूलाई शरण दिएको र आफ्नो सार्वभौमसत्तालाई सम्मान नगरेको आरोपलाई अस्वीकार गरेका छन् । अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन (युएनएएमए) ले सन् २०२६ जनवरी –१ र मार्च ३१ को बिचमा, अफगानिस्तानको सुरक्षा बल र पाकिस्तानी सैन्य बलहरू बिच भएको सीमापार सशस्त्र हिंसामा ३७२ जना नागरिकहरूको मृत्यु हुनुका साथै ३९७ घाइते भएको जनाएको छ ।

रिपोर्टको लिखित जवाफमा इस्लामाबादले यस वर्षको सुरु देखि १३० जना पाकिस्तानी नागरिक र सुरक्षाकर्मी मारिएको बताएको छ । पाकिस्तानको विदेश मन्त्रालयले इस्लामाबादका लागि काबुलका शीर्ष दूतलाई बोलाएर सप्ताहन्तमा १५ जनाको ज्यान गएको बताएको थियो जसमा अधिकांश प्रहरी अधिकारीहरू थिए । अफगानिस्तान र पाकिस्तान बीच लामो समयदेखि चलिरहेको सीमापार झडप गत वर्षको अक्टोबरमा झनै चर्किएको थियो, जसमा दर्जनौँको मृत्यु भएको थियो ।

पछिल्लो तीन महिनाको आँकडा सन् २०११ देखि युएनएएमएद्वारा रेकर्ड गरिएको अवधिको सङ्ख्यामा सबै भन्दा बढी हो । रिपोर्टका अनुसार जनवरी १ देखि मार्च ३१ सम्म अफगानिस्तानमा १३ महिला, ४६ बालबालिका र ३१३ पुरुष मारिएका थिए । हताहतको प्रमुख कारण हवाई आक्रमण भएको भन्दै राष्ट्रसङ्घले अन्य हाताहात सीमापार गोलीबारीबाट भएको उल्लेख गर्दै एक जना अधिकार कर्मीको समेत मृत्यु भएको जनाएको छ ।

तालिबान सरकारले उक्त घटनामा ४०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । प्रतिवेदनमा समावेश गरिएको लिखित प्रतिक्रियामा पाकिस्तानले अस्पताल, लागुऔषध पुनःस्थापना केन्द्र वा नागरिक सुविधालाई लक्षित नगरि कारबाही आतङ्कवादी र सैन्य पूर्वाधारविरुद्ध मात्र निर्देशित भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घको मिसनले अफगान अधिकारीहरूलाई अस्पतालका भएको आक्रमणमा बेपत्ता भएका व्यक्तिहरूको रेकर्ड सङ्कलन गर्न र उनीहरूका आफन्तहरूलाई खोजीमा सहयोग गर्न आग्रह गरेको छ ।

युएनएएमएले लडाकु पक्षहरूलाई स्वास्थ्य सुविधाहरूलाई लक्षित गर्न आवासिय क्षेत्रमा विस्पोट गर्नबाट टाढा रहि अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न आह्वान गरेको छ । बेइजिङका अनुसार अप्रिलको सुरुमा चिनमा भएको वार्ता पछि पाकिस्तान र अफगानिस्तानले तनावबाट बच्न प्रतिबद्ध भएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ४ : ४० बजे

सेनामाथि किन निरन्तर खनिँदैछ एमाले ?

काठमाडौं- नेकपा एमालेले वर्तमान सरकार बन्नुमा नेपाली सेनाको ठूलो हात

‘डीडीसी’बाट सित्तैमा दूध–घिउ खाने व्यवस्था तत्काल रोक्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान

सामाजिक सञ्जालमार्फत परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ

काठमाडौं–  नेपाल प्रहरीको ‘साइबर ब्यूरो’को टोलीले सामाजिक सञ्जालमार्फत परीक्षा अगावै

यातायात व्यवसायी महासंघको निर्वाचन बुधबार मात्रै हुने

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्वाचन बुधबारलाई सरेको छ