रोकेर राखेको एम्बुलेन्सबाट ४४० किलो गाँजा बरामद « Khabarhub

रोकेर राखेको एम्बुलेन्सबाट ४४० किलो गाँजा बरामद


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरी प्रहरीले रोकेर राखेको अवस्थामा रहेको एउटा एम्बुलेन्सबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार राति करिब १२ः४० बजे धरान उपमहानगरपालिका–१३ स्थित थाउजेन्ड्स बिग बुद्ध सडक क्षेत्रमा चेकजाँचका क्रममा गाँजा फेला परेको हो ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सडक छेउमा रोकेर राखिएको धरान–१८ स्थित बुढासुब्बा डाइग्नोस्टिक सेन्टर प्रालिद्वारा सञ्चालित को १ च ७३५९ नम्बरको एम्बुलेन्स चेकजाँच गरेको थियो ।

जाँचका क्रममा एम्बुलेन्सभित्र लागूऔषध गाँजाजस्तो देखिने ४४० किलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ६ : २८ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको