प्रधानमन्त्रीलाई लक्षित गर्दै ज्ञानेन्द्र शाहीले भने- ‘सत्ता तपाईंसँग छ’ भन्दै संसद्लाई बेवास्ता गर्न पाइँदैन « Khabarhub

प्रधानमन्त्रीलाई लक्षित गर्दै ज्ञानेन्द्र शाहीले भने- ‘सत्ता तपाईंसँग छ’ भन्दै संसद्लाई बेवास्ता गर्न पाइँदैन


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका सचेतक ज्ञानेन्द्र शाहीले संसद्लाई बेवास्ता गर्ने प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाएका छन्।

शाहीले संसद्लाई जनताको सर्वोच्च थलो भन्दै यहाँ उठ्ने प्रश्नहरू व्यक्तिगत नभई जनताको आवाज भएको स्पष्ट पारेका छन्। उनले सत्ता छ भन्दैमा संसद्लाई नजरअन्दाज गर्ने अधिकार कसैलाई पनि नभएको बताएका छन्।

उनका अनुसार नीति तथा कार्यक्रम सरकारको दृष्टि, जिम्मेवारी र जनताप्रतिको प्रतिबद्धताको दस्तावेज हो, जसको जवाफदेहिता प्रधानमन्त्री स्वयंले लिनुपर्ने हुन्छ। उनले प्रधानमन्त्रीले संसद्‌मा उपस्थित भई जनप्रतिनिधिहरूका प्रश्नहरूको सामना गर्नुपर्नेमा जोड दिएका छन्।

शाहीले प्रधानमन्त्री सिंहदरबारमै रहेको उल्लेख गर्दै नीति तथा कार्यक्रमभन्दा ठूलो कार्य सरकारका लागि अरु नहुने टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्री संसद्‌मा उपस्थित नहुनु प्रश्नहरूबाट भाग्ने संकेत भएको भन्दै प्रश्न उठाएका छन्।

उनले लोकतन्त्रमा उत्तर संसदबाट खोजिनुपर्ने र सडकबाट होइन भन्ने स्पष्ट गर्दै संसद् कमजोर बनाउने होइन, अझ बलियो बनाउने राजनीतिक संस्कार आवश्यक रहेको बताएका छन्।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  २ : १७ बजे

राजा चार्ल्सको सम्बोधनमा स्टार्मरको परीक्षा

एजेन्सी– बेलायतका राजा चार्ल्स तृतीयले आगामी वर्षका लागि सरकारको कानूनी

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक दोस्रो पटक स्थगित

काठमाडौं – विपक्षी दलको निरन्तर अवरोधका कारण प्रतिनिधिसभा बैठक दोस्रो

सिंहदरबारभित्रै संसद् लाइभ हेरेर बसेका छन् प्रधानमन्त्री वालेन्द्र

काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाहले संसद्लाई बेवास्ता गरेर अस्वभाविक व्यवहार देखाइरहेका छन्

प्रकृति संरक्षण कोषको सदस्यसचिवमा डा. पोखरेल

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिव पदमा डा. चिरञ्जीवीप्रसाद पोखरेल