सरकारले लहड र सनकका भरमा निजी क्षेत्रमाथि धरपकड गर्‍यो : थापा « Khabarhub

सरकारले लहड र सनकका भरमा निजी क्षेत्रमाथि धरपकड गर्‍यो : थापा


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रमाथि गरिरहेको धरपकडमाथि आपत्ति जनाएका छन् । बिहीबार पोखरामा आयोजित प्रदेश भेलालाई सम्बोधन गर्दै उनले व्यवसायीमाथि गरेको धरपकड तुरुन्त नरोके देशले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन् ।

‘कानुनबमोजिम गलत गर्नेले दण्ड पाउनुपर्छ भन्नेमा कांग्रेस आफ्नै पार्टीको मान्छे भए पनि विरोधमा उत्रिँदैन । तर राज्यले लहड र सनकका आधारमा निजी क्षेत्रसँग व्यवहार गर्दै गयो भने यसको ठूलो मूल्य देशले चुकाउनुपर्छ,’ उनले भने ।

जसलाई मन लाग्यो त्यसलाई समात्ने भन्दापनि सरकारले विवेक, करुणा र कानुन देखाउनुपर्ने उनको भनाइ छ ।

थापाले सरकारलाई खबरदारी गर्दै सचेत गराउनुपर्ने जिम्मेवारी कांग्रेसमाथि रहेको समेत औँल्याए । उनले संघमा कांग्रेस प्रतिपक्षमा रहे पनि प्रदेश सरकारमा सहभागी भएकाले जिम्मेवार बन्न सुझाए ।

‘हामी कतै नेतृत्वमा छौँ कतै समर्थनमा छौँ यो सरकारको कामको हामीले वर्षभरी प्रचार गर्न पाउनुपर्छ । सरकारको कामले गर्दा एक जना पनि कार्यकर्ताको शिर निहुरिन हुँदैन,’ उनले भने ।

कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण विभागले देशभर प्रदेशस्तरीय भेला कार्यक्रम देशभर सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ६ : ०९ बजे

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं – एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको