चितवनमा डेंगु र स्क्रब टाइफसका संक्रमित बढे « Khabarhub

चितवनमा डेंगु र स्क्रब टाइफसका संक्रमित बढे


१ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा डेंगु र स्क्रब टाइफस संक्रमण बढ्दो क्रममा देखिएको छ । जनस्वास्थ्य कार्यालय, चितवनले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म जिल्लामा डेंगुका २ सय ६० तथा स्क्रब टाइफसका ७ सय ८३ संक्रमित फेला परेका छन् ।

२०८३ वैशाख  ३१ गते सम्मको तथ्यांकअनुसार डेंगु संक्रमण सबैभन्दा बढी रत्ननगर नगरपालिकामा देखिएको छ । रत्ननगरमा मात्रै ८३ जना डेंगु संक्रमित भेटिएका छन् । त्यसपछि भरतपुर महानगरपालिकामा ५५, खैरहनी नगरपालिकामा ३५, राप्ती नगरपालिकामा १७ तथा कालिका नगरपालिकामा १० जना संक्रमित रहेका छन् ।

यस्तै, स्क्रब टाइफस संक्रमण पनि रत्ननगरमै सबैभन्दा बढी देखिएको छ । त्यहाँ २ सय १८ जना संक्रमित पुष्टि भएका छन् । खैरहनीमा ९९, भरतपुरमा ७८, राप्तीमा ७२ तथा कालिकामा ६४ जना संक्रमित भेटिएका छन् ।

गत २४ घण्टामा जिल्लाभित्र डेंगुको नयाँ संक्रमित नदेखिए पनि स्क्रब टाइफसका २ नयाँ संक्रमित थपिएका जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म डेंगु परीक्षण १० हजार २ सय ६ तथा स्क्रब टाइफस परीक्षण १० हजार ९ सय १० जनामा गरिएको छ ।

संक्रमणबाट हालसम्म कुनै पनि मृत्यु नभएको कार्यालयले जनाएको छ । स्वास्थ्यकर्मीहरूले लामखुट्टेको टोकाइबाट बच्न, घर वरपर पानी जम्न नदिन र ज्वरो आएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  १ : ५५ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम