‘गाविस अध्यक्षभन्दा माथि उठेर काम गरौं’ « Khabarhub

‘गाविस अध्यक्षभन्दा माथि उठेर काम गरौं’


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- आफैले नियम कानुन ऐन निर्माण गर्ने अधिकार भएपनि स्थानीय सरकारका प्रमुखहरुले आफुहरुलाई हिजोको गाविस अध्यक्ष कै भुमिकामा राख्दा स्थानीय सरकारले गति लिन नसकेको प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलले बताएका छन् ।

‘सबै अधिकार उहाँहरुसँगै छ तर पनि सोचमा परिवर्तन नआउँदा स्थानीय सरकारले राम्रो सँग काम गर्न सकेन,अब काम गर्ने शैलिमा परिवर्तन गर्नुपर्छ’, पौडेलले भने ।

प्रदेश ३ को मुख्यमन्त्री भएपछि तेस्रो पटक सिन्धुपाल्चोकमा आएका मुख्य मन्त्री पौडेलले सुनकोशी गाउँपालिका ७ पाँग्रेटारमा भुकम्पपछि पुननिर्माण सम्पन्न भएको सेतीदेवी माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा यस्तो बताएका हुन् ।

स्थानीय सरकारले अहिले पनि केन्द्र र प्रदेशसँग पैसा मागेर वडा तहमा भागबण्डा मात्रै गरिरहेका छन् पौडेलले भने स्थानीय सरकारले आफुहरुलाई हिजोको गाविस अध्यक्ष भन्दा माथी राखेर सोच्नु पर्छ ।

तिनै तहको सरकारको लामो यात्रा भएकाले विकासका मोडलमा पनि पर्वितन गर्नु पर्ने पौडेलको भनाई छ । विकासको सुरुवात गर्दा आवश्यकताको पहिचान गरौ,विकास गर्दा विनाशको परम्परालाई अन्त्य गरौ, विकासलाई उत्पादन र रोजगारी सँग जोडौ,त्यसो भयो भने समृद्धिको लक्ष्य पुरा हुन्छ ।

भौतिक निर्माण मात्रै विकास हो भन्ने परम्परागत सोच भन्दा माथी उठेर काम गर्नका लागि मुख्य मन्त्री पौडेलले जनप्रतिनिधिहरुलाई आग्रह गरे । प्रदेश सरकारले छोटो समयमा नै धेरै काम गरेको दाबी गर्दे मुख्य मन्त्री पौडेलले भने हामी जहाँ हात हाल्छौ,त्यो काम सम्पन्न गरेरै छाडछौ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ८ : ०५ बजे

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ