'गाविस अध्यक्षभन्दा माथि उठेर काम गरौं' | Khabarhub Khabarhub

‘गाविस अध्यक्षभन्दा माथि उठेर काम गरौं’


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- आफैले नियम कानुन ऐन निर्माण गर्ने अधिकार भएपनि स्थानीय सरकारका प्रमुखहरुले आफुहरुलाई हिजोको गाविस अध्यक्ष कै भुमिकामा राख्दा स्थानीय सरकारले गति लिन नसकेको प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलले बताएका छन् ।

‘सबै अधिकार उहाँहरुसँगै छ तर पनि सोचमा परिवर्तन नआउँदा स्थानीय सरकारले राम्रो सँग काम गर्न सकेन,अब काम गर्ने शैलिमा परिवर्तन गर्नुपर्छ’, पौडेलले भने ।

प्रदेश ३ को मुख्यमन्त्री भएपछि तेस्रो पटक सिन्धुपाल्चोकमा आएका मुख्य मन्त्री पौडेलले सुनकोशी गाउँपालिका ७ पाँग्रेटारमा भुकम्पपछि पुननिर्माण सम्पन्न भएको सेतीदेवी माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा यस्तो बताएका हुन् ।

स्थानीय सरकारले अहिले पनि केन्द्र र प्रदेशसँग पैसा मागेर वडा तहमा भागबण्डा मात्रै गरिरहेका छन् पौडेलले भने स्थानीय सरकारले आफुहरुलाई हिजोको गाविस अध्यक्ष भन्दा माथी राखेर सोच्नु पर्छ ।

तिनै तहको सरकारको लामो यात्रा भएकाले विकासका मोडलमा पनि पर्वितन गर्नु पर्ने पौडेलको भनाई छ । विकासको सुरुवात गर्दा आवश्यकताको पहिचान गरौ,विकास गर्दा विनाशको परम्परालाई अन्त्य गरौ, विकासलाई उत्पादन र रोजगारी सँग जोडौ,त्यसो भयो भने समृद्धिको लक्ष्य पुरा हुन्छ ।

भौतिक निर्माण मात्रै विकास हो भन्ने परम्परागत सोच भन्दा माथी उठेर काम गर्नका लागि मुख्य मन्त्री पौडेलले जनप्रतिनिधिहरुलाई आग्रह गरे । प्रदेश सरकारले छोटो समयमा नै धेरै काम गरेको दाबी गर्दे मुख्य मन्त्री पौडेलले भने हामी जहाँ हात हाल्छौ,त्यो काम सम्पन्न गरेरै छाडछौ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ८ : ०५ बजे

पुल भाँचिएपछि नाला–च्यामासिङ सडक अवरुद्ध

काठमाडौं – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा

दक्षिण कोरियाले कागेश्वरी मनोहरालाई प्लास्टिक रिसाइक्लिङ मेसिन उपहार दिने

काठमाडौं- दक्षिण कोरियाले कागेश्वरी मनोहरा नगरपालिकालाई ६० लाख बराबरको २

कर्णाली करिडोरमा दिगो वन व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम

घोडाघोडी– कैलालीको कर्णाली ‘करिडोर’मा दिगो वन व्यवस्थापनसम्बन्धी उपभोक्ता सचेतना कार्यक्रम

नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि

काठमाडौं– नेपालले एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि हात पारेको

विपद् व्यवस्थापन : सेतीनदी तटीय क्षेत्रमा साइरन जडान

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ