मिर्गौला पीडितलाई ‘मुन्द्रे’ ले गरे २५ हजार सहयोग « Khabarhub

मिर्गौला पीडितलाई ‘मुन्द्रे’ ले गरे २५ हजार सहयोग


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यकलाकार जितु नेपाल ‘मुन्द्रे’ ले मिर्गौलापीडित आशिष धमलालाई आर्थिक सहयोग गरेका छन् । उनले सिन्धुपाल्चोकका २२ वर्षीय आशिष धमलालाई २५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

नेपालमा घरजग्गा केही नभएका धमलालाई कलाकार तथा निर्देशक दीपाश्री निरौलाले नगद रुपैयाँ १० हजार र गायक ताराप्रकाश लिम्बुले ५ हजार रुपैयाँ सहयोग गरेका छन् । युवा अवस्थामा नै मिर्गौला फेल भएर उपचार गराइरहेका धमलाको आर्थिक अवस्था बलियो छैन ।

उनको अवस्था देखेर आफूहरु सहयोगमा जुटेको कलाकार जितु नेपालले बताए । मिर्गौलापीडित आशिषका बुबाले दुबईमा सेक्युरिटी गार्डमा काम गर्दै आएका छन् ।

यसअघि पनि ‘छक्का पञ्जा’ टिमले मिर्गौलापीडित जय बहादुरलाई ७५ हजार सहयोग प्रदान गरेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  १ : ४४ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र