बलुचिस्तानमा गैरन्यायिक हत्याको विरोध « Khabarhub

बलुचिस्तानमा गैरन्यायिक हत्याको विरोध


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको बलुचिस्तानमा मानव अधिकारको क्षेत्रमा सक्रिय संस्था बलुच यक्जेहती कमिटी (बिवाईसी) ले केच र पन्जगुर जिल्लामा तीन जनाको गैरन्यायिक हत्या भएको भन्दै कडा निन्दा गरेको छ । बिवाईसीका अनुसार बलुचिस्तानमा मानिसहरूलाई बेपत्ता पार्ने र हत्या गर्ने क्रम रोकिएको छैन ।

गएको मे २ तारिखको बिहान फ्रन्टियर कोर (एफसी) का सुरक्षाकर्मीले केच जिल्लाको जामुरानमा छापा मारेका थिए । उनीहरूले छापा मारी स्थानीय अगुवा ५५ वर्षीय खुदा पीर मुहम्मद बलुच र उनका २५ वर्षीय छोरा अब्दुल्ला बलुचलाई नियन्त्रणमा लिएको बिवाईसीले जनाएको छ ।

सुरक्षा नियन्त्रणमा लिएको पाँच घण्टापछि बाबु-छोराकै शव एफसी क्याम्प नजिकै फेला पर्‍यो । बिवाईसीले यसलाई नियोजित गैरन्यायिक हत्या भनेको छ ।

यस्तै अर्को घटनामा २६ वर्षीय अयाज बलुचको गोली हानी हत्या गरिएको थियो । उनी सरकारी विद्यालयका सफाइ कर्मचारी थिए । बिवाईसीले उनलाई ‘डेथ स्क्वाड’ ले मारेको आरोप लगाएको छ ।

बिवाईसीले बलुच महिलाहरूलाई समेत गैरकानूनी रूपमा थुनामा राख्ने गरिएको दाबी गरेको छ । संस्थाले बलुचिस्तानमा भइरहेको मानव अधिकार उल्लंघनविरुद्ध आवाज उठाउन अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूसँग अपिल गरेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ४ : ०३ बजे

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक