जापानमा ६.७ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, पाँच प्रान्तमा धक्का महशुस « Khabarhub

जापानमा ६.७ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, पाँच प्रान्तमा धक्का महशुस


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

टोकियो – जापानको मियागी तटमा ६.७ म्याग्नीच्यूडको भूकम्प गएको र यसको असर देशका पाँच प्रान्तमा महरूस गरिएको छ ।

भूकम्पपछि सुनामीको कुनै खतरा नदेखिए पनि रेल सेवा स्थगित गरी र भूकम्पपछि पराकम्पन आउने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले उच्च सतर्कता अपनाएको छ । भूकम्पपछि भएका हुनसक्ने क्षतिको विवरण सङ्कलन गर्न प्रशासनले स्थानीय निकायहरूलाई निर्देशन दिएको छ ।

निर्देशन पालना गर्न र भूकम्प जोखिममा रहेका क्षेत्रमा यात्रुलाई थप सावधानी अपनाउन अधिकारीहरुले आग्रह गरेका छन् ।

जापानको मियागी क्षेत्रमा शुक्रबार शक्तिशाली भूकम्प गएको हो । सरकारले ६।७ म्याग्नीच्यूडको भूकम्पपछि सावधानीका लागि पाँच प्रान्तमा आपतकालीन चेतावनी जारी गरेको छ । यद्यपि भूकम्पपछि सुनामीको कुनै पनि खतरा नभएको मौसमविद्हरूले जानकारी गराएका छन् ।

भूकम्प स्थानीय समयअनुसार राति ८ः२२ बजे गएको र भूकम्पको केन्द्रविन्दु मियागी प्रान्तको तटीय क्षेत्रमा ४३ किलोमिटर गहिराईमा रहेकोे जनाइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण ९यूएसजीएस० ले सुरुमा ६।६ माग्निच्युडको भूकम्प गएको बताएको थियो ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ८ : ११ बजे

पटनामा सडक दुर्घटनापछि हिंसात्मक प्रदर्शन : १० वटा गाडीमा आगजनी, प्रहरी चौकी पनि जलाइयो

काठमाडौं- भारतको बिहार राज्यको राजधानी पटनामा सडक दुर्घटनामा एक युवकको

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड : हजुरबाको पेस्तोलबाट ९ कक्षाका विद्यार्थीले लिए शिक्षकसहित ६ जनाको ज्यान

काठमाडौं- थाइल्यान्डको राजधानी बैंकक नजिकैको एक उच्च माध्यमिक विद्यालयमा शुक्रबार

प्रतिनिधिसभा बैठक : ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा सेन्टर

‘सर्वोच्चको आदेशलाई सम्मान गर्छौं, विशेष महाधिवेशनको औचित्य फेरि पुष्टि हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी

एमालेले पारित गर्‍यो सांसदले पाउने स्वकीय सम्बन्धी कार्यविधि

काठमाडौं– नेकपा एमालेले सांसदहरूले पाउने स्वकीय सम्बन्धी कार्यविधि पारित गरेको