आईपीएल : लखनउविरुद्ध चेन्नईको खराब सुरुवात « Khabarhub

आईपीएल : लखनउविरुद्ध चेन्नईको खराब सुरुवात


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग अन्तर्गत आज लखनउ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्सबीच खेल जारी छ । लखनउ सुपर जायन्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । खेल लखनउको इकाना स्टेडियममा भइरहेको छ ।

पहिले ब्याटिङ गरिरहेको चेन्नई सुपर किंग्सले ८ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ६१ रन बनाएको छ । अहिले कार्तिक शर्मा र डेवाल्ड ब्रेभिस क्रिजमा छन् ।

चेन्नईका लागि उर्विल पटेल ६ रन, संजू सैमसन २० रन र कप्तान ऋतुराज गायकवाड १३ रन बनाएर आउट भएका छन् । सुरुवातमै तीन विकेट गुमेपछि चेन्नई दबाबमा परेको छ ।

चेन्नई सुपर किंग्सको प्लेइङ–११ मा ऋतुराज गायकवाड (कप्तान), संजू सैमसन (विकेटकिपर), उर्विल पटेल, कार्तिक शर्मा, डेवाल्ड ब्रेभिस, शिवम दुबे, प्रशान्त वीर, अंशुल कंबोज, स्पेन्सर जोनसन, नूर अहमद र मुकेश चौधरी रहेका छन् ।

त्यस्तै लखनउ सुपर जायन्ट्सको टोलीमा मिचेल मार्श, निकोलस पूरन, कप्तान ऋषभ पन्त (विकेटकिपर), एडन मार्क्रम, मुकुल चौधरी, अब्दुल समद, शाहबाज अहमद, मोहम्मद शमी, मयंक यादव, आकाश सिंह र प्रिन्स यादव रहेका छन् ।

इम्प्याक्ट विकल्पमा लखनउबाट जोश इङ्ग्लिस, मणिमारन सिद्धार्थ, दिग्वेश सिंह राठी, हिममत सिंह र आयुष बडोनी रहेका छन् । चेन्नईबाट गुरजपनीत सिंह, अकील हुसैन, सरफराज खान, मैथ्यू शर्ट र म्याट हेनरी रहेका छन् ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ८ : ४१ बजे

पटनामा सडक दुर्घटनापछि हिंसात्मक प्रदर्शन : १० वटा गाडीमा आगजनी, प्रहरी चौकी पनि जलाइयो

काठमाडौं- भारतको बिहार राज्यको राजधानी पटनामा सडक दुर्घटनामा एक युवकको

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड : हजुरबाको पेस्तोलबाट ९ कक्षाका विद्यार्थीले लिए शिक्षकसहित ६ जनाको ज्यान

काठमाडौं- थाइल्यान्डको राजधानी बैंकक नजिकैको एक उच्च माध्यमिक विद्यालयमा शुक्रबार

प्रतिनिधिसभा बैठक : ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा सेन्टर

‘सर्वोच्चको आदेशलाई सम्मान गर्छौं, विशेष महाधिवेशनको औचित्य फेरि पुष्टि हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी

एमालेले पारित गर्‍यो सांसदले पाउने स्वकीय सम्बन्धी कार्यविधि

काठमाडौं– नेकपा एमालेले सांसदहरूले पाउने स्वकीय सम्बन्धी कार्यविधि पारित गरेको