काठमाडौं महानगरद्वारा एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने « Khabarhub

काठमाडौं महानगरद्वारा एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने संवादात्मक कृतिम बुद्धिमत्ता (एआई)मा आधारित कल सेन्टर सुरु गरेको छ ।

स्मार्ट वडा बनाउने भन्दै कामपा वडा नम्बर १७ ले एआईको सहयोगमा नागरिकलाई वडासँग जोड्ने कार्य गर्नका लागि उक्त सेवा सञ्चालन गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

प्रवक्ता मानन्धरका अनुसार ०१-५९७१९८९ मा फोन डायल गरेपछि महिलाको स्वर सुनिन्छ । उनले भन्छिन्, ‘काठमाडौँ वडा १७ को एआई सेवामा स्वागत छ । म तपाईलाई आज कसरी सहयोग गर्न सक्छु ?’ यति आवाज आएपछि बोल्ने पालो तपार्इँको । तपाईँ वडाबाट कस्तो सूचना लिन चाहनुहुन्छ ? त्यो बोलेपछि एआईले जवाफ फकाउँछ ।

यदि एआईसँग जवाफ रहेछ भने तत्काल सोधेको प्रश्नको उत्तर दिनेछ । यदि जवाफ रहनेछ भने भन्नेछ, माफ गर्नुहोस् । म यो प्रश्नको जवाफ दिन असमर्थ छु । म तपाईंलाई हाम्रो एजेन्टसँग जोड्दैछु । यति भनेपछि कल वडाका कर्मचारीलाई पठाउँछ ।

वडाले वडावासी र सेवाग्राहीलाई सेवा र सूचनासँग जोड्न एआई प्रविधिमा आधारित कल सेन्टर सञ्चालनमा ल्याएपछि वडासँग सम्बन्धित प्रश्नको जवाफ फोनबाटै प्राप्त गर्न सकिन्छ ।

प्रणाली सञ्चालनका विषयमा कुरा गर्दै प्रवक्ता एवं वडा १७ का अध्यक्ष नविन मानन्धर भन्छन्, ‘स्मार्ट वडा बनाउने क्रममा छौँ । सेवासम्बन्धी सूचना दिनु आधारभूत कुरा हो । प्रक्रिया अनलाइन प्रणालीमा आधारित बनाएर सर्भिस डेलिभरी टु होम कन्सेप्टमा अगाडि बढेका छौँ ।’

नागरिकतासम्बन्धी सिफारिसको विषयलाई उदाहरण दिँदै उनले भने, ‘नागरिकता सिफारिसका लागि चाहिने कागजागत र प्रमाणका विषयमा सेवाग्राहीलाई जानकारी भयो भने सबै डकुमेन्ट लिएर आउनुहुन्छ । डकुमेन्ट के चाहिन्छ भन्ने बुझ्न थप एकपटक वडामा आइरहनुपर्दैन ।’

नागरिक वडापत्रमा भएका सबै विषयको एआईले जवाफ दिन सक्छ । १५ जनाले एकैपटक फोन गर्दा जवाफ दिन सक्छ । ज्येष्ठ नागरिक भत्ता वितरण वडाले प्रदान गर्ने सेवासम्बन्धी सूचनालाई अडियो र टेक्स्टमा एकैपटक सेवाग्राहीलाई प्रदान गर्न सकिन्छ ।

पठाएको सूचना कसले पढ्यो । कसले सुन्यो । सुनेको हो भने कति समय सुन्यो । जस्ता विवरण हेर्न सकिन्छ । कुन क्षेत्रमा वा कुन विषयमा कस्ता गुनासा आए भन्ने तथ्याङ्क विश्लेषण गर्न सकिन्छ ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ८ : ४९ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित