इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लाले च्याम्पियन्स लिग खेल्ने पक्का « Khabarhub

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लाले च्याम्पियन्स लिग खेल्ने पक्का


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई हराउँदै एस्टन भिल्लाले अर्को सिजन युइएफए च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ ।

आज बिहान भिल्ला पार्क मैदानमा सम्पन्न खेलमा एस्टन भिल्लाले लिभरपुललाई ४–२ गोलले हराउँदै आगामी च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको हो ।

एस्टन भिल्लाका लागि ओली वाट्किन्सले दुई तथा मर्गन रोजर्स र जोन म्याकगिनले एक–एक गोल गरेका थिए । लिभरपुलका लागि भर्जिल भान डाइकले दुई गोल फर्काएका थिए ।

यो जितसँगै एस्टन भिल्ला ३७ खेलबाट ६२ अंकका साथ चौथो स्थानमा रहँदै आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने स्थान सुरक्षित गरेको छ ।

५९ अंकसहित लिभरपुल पाँचौँ स्थानमा रहेको छ। लिभरपुल भने च्याम्पियन्स लिग स्थानका लागि अन्तिम संघर्षमा छ ।

एस्टन भिल्लाले अब प्रिमियर लिगको अन्तिम खेल म्यानचेस्टर सिटीसँग खेल्ने छ । लिभरपुलले घरेलु मैदानमा ब्रेन्टफोर्ड विरुद्ध खेल्नेछ ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  ८ : ५१ बजे

संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतको फैसला, नेपालको संविधान

प्रधानमन्त्रीलाई विदुषीले भनिन्- आरोप लाग्नेबित्तिकै व्यवसायीलाई पक्रिँदै थुन्नाले मनोबल घटाएको छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी

चीनबाट नेपालमा पाँचौँ चरणको आपत्कालीन राहत सामग्री आइपुग्यो 

काठमाडौं– चीनले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको पाँचौँ खेप

कुमार बेनलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्टको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ

भोटेकोशीमा बाढीमा दोलखाका ५४ जना बेपत्ता, अन्तिम संस्कारको तयारीमा आफन्त

दोलखा– भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर दोलखाका ५४ जना बेपत्ता