दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव « Khabarhub

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव


२ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले दिगो तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सुझाव दिएको छ । 

आन्तरिक उत्पादन, रोजगारी सिर्जना र सीपयुक्त जनशक्ति विकासमार्फत दिगो आर्थिक वृद्धि हासिल गर्न आवश्यक नीतिगत तथा संरचनात्मक सुधार अवलम्बन गर्नुपर्ने कार्यालयको सुझाव छ ।

कार्यालयको ६३ औँ वार्षिक प्रतिवेदनअनुसार वैश्विक आर्थिक अस्थिरता, प्राकृतिक विपद् तथा बाह्य जोखिमका सम्भावित प्रभावलाई ध्यानमा राखी आर्थिक तथा वित्तीय क्षेत्रमा पर्न सक्ने दवाव न्यूनीकरण गर्न पूर्वतयारी र जोखिम व्यवस्थापन प्रणाली सुदृढ गर्नुपर्ने सुझाव छ ।

यस्तै, नगदमा आधारित आर्थिक गतिविधिलाई क्रमशः न्यूनीकरण गर्दै ‘डिजिटल’ भुक्तानी प्रणाली विस्तार गरी औपचारिक अर्थतन्त्रको दायरा फराकिलो बनाउनुपर्ने र त्यसका लागि डिजिटल सार्वजनिक पूर्वाधार निर्माण तथा विकासमा जोड दिँदै सबै प्रकारका कारोबारमा बिल बीजक लिने दिने व्यवस्था लागू गर्नुपर्ने सुझाव दिइएको छ ।

यसैगरी पर्यटन क्षेत्रबाट वैदेशिक लगानी र मुद्रा आर्जनमा वृद्धि गर्न पूर्वाधार विकास, सेवाको गुणस्तर सुधार, गन्तव्य पहिचान एवम् विविधकरण र निजी लगानी प्रोत्साहन गर्नुपर्ने महालेखापरीक्षकको कार्यालयले सुझाव दिएको छ।

प्रकाशित मिति : २ जेष्ठ २०८३, शनिबार  ६ : ४० बजे

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत