दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव « Khabarhub

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले दिगो तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सुझाव दिएको छ । 

आन्तरिक उत्पादन, रोजगारी सिर्जना र सीपयुक्त जनशक्ति विकासमार्फत दिगो आर्थिक वृद्धि हासिल गर्न आवश्यक नीतिगत तथा संरचनात्मक सुधार अवलम्बन गर्नुपर्ने कार्यालयको सुझाव छ ।

कार्यालयको ६३ औँ वार्षिक प्रतिवेदनअनुसार वैश्विक आर्थिक अस्थिरता, प्राकृतिक विपद् तथा बाह्य जोखिमका सम्भावित प्रभावलाई ध्यानमा राखी आर्थिक तथा वित्तीय क्षेत्रमा पर्न सक्ने दवाव न्यूनीकरण गर्न पूर्वतयारी र जोखिम व्यवस्थापन प्रणाली सुदृढ गर्नुपर्ने सुझाव छ ।

यस्तै, नगदमा आधारित आर्थिक गतिविधिलाई क्रमशः न्यूनीकरण गर्दै ‘डिजिटल’ भुक्तानी प्रणाली विस्तार गरी औपचारिक अर्थतन्त्रको दायरा फराकिलो बनाउनुपर्ने र त्यसका लागि डिजिटल सार्वजनिक पूर्वाधार निर्माण तथा विकासमा जोड दिँदै सबै प्रकारका कारोबारमा बिल बीजक लिने दिने व्यवस्था लागू गर्नुपर्ने सुझाव दिइएको छ ।

यसैगरी पर्यटन क्षेत्रबाट वैदेशिक लगानी र मुद्रा आर्जनमा वृद्धि गर्न पूर्वाधार विकास, सेवाको गुणस्तर सुधार, गन्तव्य पहिचान एवम् विविधकरण र निजी लगानी प्रोत्साहन गर्नुपर्ने महालेखापरीक्षकको कार्यालयले सुझाव दिएको छ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  ६ : ४० बजे

बङ्गलादेशमा आक्रमण गर्ने धम्की दिँदै हिँड्ने पूर्वसैनिक पक्राउ

ढाका- बङ्गलादेशको आतङ्कवाद प्रतिरोधी प्रहरीले विमानस्थल, संसद् र धार्मिक स्थलहरूलाई

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

काठमाडौं– त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित

आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं– प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा

मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत भेटिए

कास्की– मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३०

सिंहदरबारमा गाभिएका मन्त्रालयको नाम परिवर्तन सुरु, अब १८ मन्त्रालय मात्रै

काठमाडौं – सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित