बङ्गलादेशमा आक्रमण गर्ने धम्की दिँदै हिँड्ने पूर्वसैनिक पक्राउ « Khabarhub

बङ्गलादेशमा आक्रमण गर्ने धम्की दिँदै हिँड्ने पूर्वसैनिक पक्राउ


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशको आतङ्कवाद प्रतिरोधी प्रहरीले विमानस्थल, संसद् र धार्मिक स्थलहरूलाई लक्षित गरी आक्रमण गर्ने चेतावनीपछि गत महिना सुरु भएको खोजतलासीका क्रममा पक्राउ परेका एक पूर्व सैनिकमाथि सोधपुछ सुरू गरेको छ । पूर्वसैनिक मोहम्मद राहद हुसेन महेदलाई भारतीय सीमा नजिकै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उत्तरपूर्वी जिल्लाको मौलभीबजारस्थित प्रहरी चौकीका प्रमुख मोहम्मद मोनिरुज्जमानले बताए ।

प्रतिआतंकवाद अधिकारीहरूले २३ वर्षीय महेदलाई सोधपुछ भइरहेको र उनी कट्टरपन्थी इस्लामिक समूहसँग जोडिएको बङ्गलादेश प्रहरीले बताएको छ । “पक्राउ परेका व्यक्ति बर्खास्त सेनाका सदस्य हुन् र उनी प्रतिबन्धित सङ्गठन दौलतुल इस्लाम नियो–जेएमबीको विचारधाराबाट प्रेरित थिए,” प्रहरीले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अप्रिलको अन्त्यमा प्रहरीले सम्भावित आक्रमणको चेतावनी दिएपछि विमानस्थलको सुरक्षा कडा पारेको थियो, र त्यस बेलादेखि खोजी जारी थियो। प्रहरीका अनुसार ती व्यक्तिले ‘धारिलो हतियार, बन्दुक वा विस्फोटक पदार्थ’ प्रयोग गरेर विमानस्थल, संसद् र धार्मिक स्थललगायत प्रमुख प्रतिष्ठानहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिएको बताइएको छ ।

बङ्गलादेश समय–समयमा अल–कायदा र इस्लामिक स्टेट समूहबाट प्रेरित घरेलु लडाकू समूहहरूको निशानामा पर्ने गरेको छ। यस्तै घटनामा सन् २०१६ मा ढाकामा एक बेकरीमा भएको आक्रमणमा परी २२ जनाको मृत्यु भएको थियो ।

सोही समयमा अल–कायदासँग सम्बन्धित लडाकुहरूले बङ्गलादेशी मूलका अमेरिकी नागरिक अभिजित रोयसहित धेरै धर्मनिरपेक्ष लेखक र कार्यकर्ताहरूको हत्या गरेका थिए । सन् २०२१ मा एक धर्मनिरपेक्षवादी ‘ब्लगर’को हत्या गरेको आरोपमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  ७ : ५५ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले