संविधान संशोधनका लागि लिखित सुझाव दिने जेन्जी घाइते र शहीद परिवारको प्रतिबद्धता « Khabarhub

संविधान संशोधनका लागि लिखित सुझाव दिने जेन्जी घाइते र शहीद परिवारको प्रतिबद्धता

पीडित परिवारको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छः संयोजक असिम शाह


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले ‘जेन्जीआन्दोलन’का घाइते तथा सहिद परिवारसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ।

संविधान संशोधनका विषयमा सुझाव संकलनका लागि कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि बोलाएको थियो। तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आएपछि उनीहरूले विगतको सरकारसँग भएका सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै गुनासो गरेका छन् ।

उनीहरुले आफ्ना माग सम्बोधनका लागि सहजीकरण गरिदिन संयोजक शाहसँग आग्रह समेत गरेका छन् ।

आन्दोलनका पीडित परिवारको गुनासो सुनिसकेपछि शाहले वर्तमान सरकार जेन्जी आन्दोलनकै जगमा बनेको र यसले जेन्जीको हकहितका लागि निरन्तर काम गरिरहेको बताए। उनले सरकारका बारेमा कुनै पनि भ्रम नपाल्न आग्रह गर्दै भने, “यो सरकार जेन्जी आन्दोलनकै जगमा बनेको हो। तपाईंहरूको भावना र बलिदानलाई हामीले बिर्सेका छैनौँ। त्यसैले यो सरकार तपाईंहरूकै हो।”

उनले भ्रष्टाचाविरुद्ध सरकार जेन्जीका माग अनुसार अगाडि बढेको प्रष्ट पारे । ‘भ्रष्टाचार विरुद्ध र सुशासनको माग संसदमा हुँदा पनि उठाएको थिएँ, जुन ‘जेन्जी कै भावना अनुरूप थियो। अहिले हामी त्यही मागलाई लागू गर्ने ठाउँमा छौँ, जुन फेरि पनि नयाँ पुस्ताकै चाहना हो। सरकारले सुशासन र भ्रष्टाचारको मामिलामा ‘शून्य सहनशीलता’ को नीति अपनाएको छ।’

संयोजक शाहले सरकार र जेन्जी आन्दोलनका घाइते तथा सहिद परिवारबीच संवादमा केही दूरी बढेको महसुस भएको स्वीकार गरे । अबका दिनमा आफ्ना मागका लागि उनीहरुले थप दौडधुप गरिरहनु नपर्ने आश्वस्त पार्दै उनले थपे, “तपाईंहरूले यसरी मागका लागि गुनासो गर्नुपर्ने अवस्था आउँदा हामीलाई असहज लागेको छ। तपाईँहरूको माग पूरा गर्न अब हामी आफैँ लाग्नेछौँ।”

कार्यदलका सदस्य सचिव एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सह–सचिव लिलाधर सुवेदीले शाहको प्रतिबद्धतामा ऐक्यबद्धता जनाउँदै यो सरकार जेन्जीको माग पूरा गर्न पहल गर्ने बताए ।

शाह र सुवेदीको तर्फबाट स्पष्ट प्रतिबद्धता आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुग्नुभएका घाइते तथा सहिद परिवारका सदस्यले सन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले आजको छलफलबाट माग कार्यान्वयनका लागि सरकारसँग संवादको बाटो खुलेको बताए ।

साथै, आगामी दिनमा आफ्ना मागका लागि आवाज उठाउँदा राज्यका तर्फबाट कुनै पनि अवरोध नहोस् भन्ने चाहना समेत उनीहरुले राखेका छन् ।

छलफलको अन्त्यमा संयोजक शाहले संविधान संशोधनका लागि बहस पत्र तयार भइरहेको जानकारी दिँदै यस ऐतिहासिक प्रक्रियामा सहभागी हुन सबै जेन्जीलाई आह्वान गरे ।

उनले जेन्जी पुस्ताका भावना, अधिकार र आवश्यकतालाई समेट्नका लागि आफ्ना सुझाव लिखित रूपमा कार्यदललाई बुझाउन आग्रह गरेका छन् ।

शाहको सो आग्रहलाई जेन्जी घाइते र शहीद परिवारका सदस्यले सकारात्मक रूपमा लिँदै लिखित सुझाव दिने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ७ : ५२ बजे

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

दाङ– दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती

प्रेस चौतारीमा विवाद: अध्यक्ष पाण्डे असफल भएको ठहर गर्दै विशेष महाधिवेशन गर्ने निर्णय

काठमाडौँ – एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालभित्रको आन्तरिक

ट्राफिक कारबाहीबाट ४ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक कारबाहीबाट ४ लाख

नेपालमा ३० प्रतिशत वयस्कमा उच्च रक्तचापको समस्या

काठमाडौँ – आज विश्व उच्च रक्तचाप दिवस। विभिन्न चेतनामूलक कार्यक्रमसहित

हुम्लामा विद्युत सेवा अवरुद्ध

हुम्ला– हुम्ला सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको