मदन भण्डारीको ‘जबज’को विचार यथार्थको जगमा उभिएको छ : ओली « Khabarhub

मदन भण्डारीको ‘जबज’को विचार यथार्थको जगमा उभिएको छ : ओली


३ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ वर्षअघि चितवनको दासढुङ्गामा भएको रहस्यमय दुर्घटनामा आफूहरूले जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितलाई गुमाएको स्मरण गरेका छन् ।

मदन–आश्रितको ३३ औँ स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष ओलीले समय बित्दै गए पनि उनीहरूको अभाव झन् बढी खड्किरहेको उल्लेख गरेका छन् । मदन भण्डारी आफ्नो नेता, साथी र सहयोद्धा भएको स्मरण गर्दै ओलीले मदन भण्डारीकै नेतृत्वमा नेपाली राजनीतिले ‘जनताको बहुदलीय जनवाद’ (जबज) जस्तो बलियो र मौलिक विचार पाएको बताएका छन् ।

उनले भनेका छन्– ‘घाउहरु पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइका स्मृति झन् गाढा हुँदारहेछन्, अभावहरू झन् गहिरिँदारहेछन्। जननेता मदन भण्डारी मेरो नेता, साथी, सहयोद्धा सबै हुनुहुन्थ्यो। जीवराज आश्रित कुशल संगठक हुनुहुन्थ्यो। मदन भण्डारी हाम्रो आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिने जनताको बहुदलीय जनवाद निर्माणका अगुवा हुनुहुन्थ्यो।’

ओलीले भण्डारीको यही वैचारिक जगमा टेकेर अहिले एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य अघि बढाएको स्पष्ट पारे । 

उनले ‘जबज’ क्षणिक लोकप्रियताका लागि नभएर देशको वास्तविक धरातल बुझेर बनेको विचार हो भने । मदन भण्डारीलाई सम्झँदा एउटा सच्चा सहयोद्धा गुमाएको पीडा हुने भन्दै उनले उनीहरूको विचारले सधैँ जनताको पक्षमा उभिन प्रेरणा दिइरहने बताए ।

जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार नभइ यथार्थको धरातलमा टेकेर उभिएको विचार भएको ओलीको भनाइ छ।

सोही क्रममा उनले मदनलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र नभइ एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति भएको बताए ।

उनले भने, ‘जनताको बहुदलीय जनवादको वैचारिक विरासतले हामीलाई अझै पनि निरन्तर अगाडि बढ्न, विचलित नभई जनताको पक्षमा उभिन, र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेकै छ। प्रिय मदन–आश्रित, हार्दिक श्रद्धाञ्जली, उच्च सम्मान !’

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  ९ : ३७ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी